Nepal Life

नेपाल एसबिआई बैंकको ९ प्रतिशत लाभांश घोषणा, ४ प्रतिशत बोनस शेयर सहित नगद

NMB Bank
  • BFIS News
  • 2025 Nov 25 11:19
नेपाल एसबिआई बैंकको ९ प्रतिशत लाभांश घोषणा, ४ प्रतिशत बोनस शेयर सहित नगद
United Ajod

काठमाडौं। नेपाल एसबिआई बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ को मुनाफाबाट शेयरधनीहरूलाई लाभांश घोषणा गरेको हो। बैंकले हाल कायम १० अर्ब ८९ करोड रुपैयाँ चुक्ता पूँजीको ९ प्रतिशत लाभांश घोषणा गरेको हो।

Shikhar
Nepal Life
NIMB

बैंकले प्रस्ताव गरेको लाभांशमध्ये ४ प्रतिशत बोनस सेयर तथा ५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) रहेको छ।

मंसिर ८ गते बसेको बैंकको सञ्चालक समितिको ५३७औँ बैठकले सोही दरमा लाभांश वितरण गर्ने निर्णय गरेको बैंकले जानकारी दिएको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई कम्पनीको आउँदो ३२औँ वार्षिक साधारण सभा (AGM) ले अनुमोदन गरेपछि मात्र वितरण गरिनेछ। बैंकले लाभांश स्वीकृत भएपछि मात्र बाँडफाँड प्रकृया अघि बढाइने पनि जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया