Nepal Life

सुर्खेतको काँक्रेविहार जंगलमा किशोर–किशोरी मृत फेला

NMB Bank
  • BFIS News
  • 2025 Nov 25 17:29
सुर्खेतको काँक्रेविहार जंगलमा किशोर–किशोरी मृत फेला
United Ajod

सुर्खेत, मङ्सिर ८ गते। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–९ स्थित काँक्रेविहार जंगलमा एक किशोर र किशोरी मृत अवस्थामा फेला परेका छन्।

Shikhar
Nepal Life
NIMB

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार मृतकमा जुम्लाको कनकासुन्दरी गाउँपालिका–७ का १८ वर्षीय नरेश खत्री र वीरेन्द्रनगर नगरपालिका–१० खजुराकी १६ वर्षीया दीपिका चौधरी रहेका छन्।

प्रहरीका अनुसार सोमबार बिहान करिब ११:१५ बजे घाँस काट्न गएका स्थानीयले दुवै जनालाई झुन्डिएको अवस्थामा भेटेपछि प्रहरीलाई जानकारी गराएका थिए।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी मोहनजंग बुढथापाका अनुसार किशोरीको सनाखत उनका काका राजु चौधरीले तथा किशोरको सनाखत उनकी फुपू गीता खत्रीले गरेका हुन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया