Nepal Life

ओखलढुङ्गामा मानसिक रोगी तीव्र रूपमा बढ्दै, आत्महत्याका घटना पनि वृद्धि

NMB Bank
  • BFIS News
  • 2026 Apr 05 13:19
ओखलढुङ्गामा मानसिक रोगी तीव्र रूपमा बढ्दै, आत्महत्याका घटना पनि वृद्धि
United Ajod

ओखलढुङ्गा, चैत २२ — ओखलढुङ्गा जिल्लामा मानसिक स्वास्थ्य समस्या गम्भीर बन्दै गएको छ। स्वास्थ्य कार्यालय रुम्जाटारले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा मानसिक रोगीको संख्या उल्लेख्य रूपमा वृद्धि भएको देखिएको हो।

Shikhar
Nepal Life
NIMB

कार्यालयका अनुसार आर्थिक वर्ष २०७९/०८० मा २७० जना रहेका मानसिक बिरामी ०८०/०८१ मा बढेर ५२२ पुगेका थिए भने २०८१/०८२ मा यो संख्या ९६३ पुगेको छ।

जनस्वास्थ्य निरीक्षक नवराज बानियाले मानसिक रोगीको संख्या यसरी तीव्र रूपमा बढ्नु गम्भीर चिन्ताको विषय भएको बताउनुभयो। उहाँका अनुसार समयमै पहिचान, उपचार तथा समुदायस्तरमा जनचेतना अभिवृद्धि अत्यावश्यक रहेको छ।

मानसिक रोगको वृद्धि सँगसँगै जिल्लामा आत्महत्याका घटनामा पनि वृद्धि भएको छ। आर्थिक वर्ष २०८१/०८२ मा २६ जनाले आत्महत्या गरेका थिए भने चालु आर्थिक वर्षमा हालसम्म ३२ जनाले आत्महत्या गरिसकेका छन्। जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका अनुसार मानसिक तनाव, आर्थिक समस्या, पारिवारिक विवाद, वैवाहिक असन्तुलन तथा अनैतिक सम्बन्ध आत्महत्याका प्रमुख कारणका रूपमा देखिएका छन्।

प्रहरीले आत्महत्या न्यूनीकरणका लागि मानसिक बिरामीलाई समयमै उपचार तथा परामर्श सेवा उपलब्ध गराउन र समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ।

यसैबीच स्वास्थ्य कार्यालयले मानसिक स्वास्थ्य सेवा विस्तार, परामर्श सेवा सुदृढीकरण तथा जनचेतना अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिरहेको जनाएको छ। साथै, मानसिक समस्या देखिएमा लुकाएर राख्नु भन्दा खुला रूपमा उपचार तथा परामर्श लिन सबैमा आग्रह गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया