Nepal Life

नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने, आजै हुने छ बोलकबोल

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 11:40
नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने, आजै हुने छ बोलकबोल
United Ajod

काठमाडौं — नेपाल राष्ट्र बैंकले बजारमा रहेको तरलता व्यवस्थापनका लागि आज ३० अर्ब रुपैयाँ निक्षेप खिच्ने भएको छ। राष्ट्र बैंकका अनुसार आज मध्यान्ह २ बजेबाट बोलकबोलको माध्यमबाट निक्षेप संकलन प्रक्रिया सुरु हुनेछ।

Shikhar
Nepal Life
NIMB

राष्ट्र बैंकले जारी गरेको सूचनामा पुस २३ गतेसम्म रहने गरी निक्षेप खिच्ने उल्लेख गरिएको छ। सहभागी संस्थाहरूले बोलकबोल गर्दा बढीमा ५ अर्ब र घटिमा १० करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव पेश गर्नुपर्नेछ।

यस प्रक्रियामा राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” तथा “ग” वर्गका बैंक तथा वित्तीय संस्थाहरू मात्र सहभागी हुन पाउने व्यवस्था गरिएको छ। राष्ट्र बैंकले तरलता सन्तुलनमा राख्न नियमित रूपमा निक्षेप सङ्कलन तथा अन्य मौद्रिक उपकरण प्रयोग गर्दै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया