Nepal Life

सुन चाँदीको मूल्यमा फेरि वृद्धि, प्रतितोला २ लाख ४८ हजार ८०० पुग्यो

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 11:43
सुन चाँदीको मूल्यमा फेरि वृद्धि, प्रतितोला २ लाख ४८ हजार ८०० पुग्यो
United Ajod

मंसिर १० गते, बुधबार— नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। निरन्तर उतार–चढावबीच यस दिन दुवै धातुको मूल्य उकालो लागेको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले बढेर २ लाख ४८ हजार ८०० रुपैयाँ पुगेको छ। अघिल्लो दिन सोमबार प्रतितोला २ लाख ४७ हजार ९०० रुपैयाँ मा कारोबार भएको सुन आज बढेको मूल्यमा बिक्री–वितरण भइरहेको छ।

यस्तै चाँदीको मूल्य पनि आज बढेको छ। मंगलबार प्रतितोला ३ हजार २०० रुपैयाँ मा कारोबार भएको चाँदी बुधबार २० रुपैयाँले बढेर ३ हजार २ सय २० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

सुन–चाँदीको मूल्यमा भएको यो वृद्धिले बजारमा पुनः चहलपहल बढेको व्यवसायीहरूको भनाइ छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया