Nepal Life

बाजुरा–मुगु जोड्ने झोगुला पक्की पुल निर्माणमा ढिलाइ, ठेकेदारको लापरबाही मुख्य कारण

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 16:02
बाजुरा–मुगु जोड्ने झोगुला पक्की पुल निर्माणमा ढिलाइ, ठेकेदारको लापरबाही मुख्य कारण
United Ajod

बाजुरा, मङ्सिर १० गते । बाजुरा र मुगुलाई जोड्ने झोगुला पक्की पुल निर्माण कार्य ठेकेदारको लापरबाहीका कारण ढिलाइ भएको छ। कर्णाली नदीस्थित झोगुलामा पक्की पुल बनाउन कर्णाली प्रदेश सरकारले १४ करोड ४९ लाख रुपैयाँ विनियोजन गरेको थियो।

Shikhar
Nepal Life
NIMB

बाजुराको हिमाली गाउँपालिका र मुगुको खत्याड गाउँपालिकाको सीमास्थित झोगुलामा पुल निर्माणको जिम्मा कुशेश्वर कन्ट्रक्सन प्रालिले २०७९ मङ्सिरमा लिएको हो। २०८१ मङ्सिरमा काम सक्ने लक्ष्य भए पनि हालसम्म पुल निर्माण उल्लेख्य रूपमा अघि बढ्न सकेको छैन।

यसअघि झोगुलामा बनाइएको बेलिब्रिजमार्फत हाल जिप, ट्याक्टर लगायतका सवारी साधन सञ्चालन भइरहेका छन्। तर पक्की पुल निर्माण ढिलो हुँदा स्थानीयवासी असहज भएको बताउँछन्।

ठेकेदार कम्पनीका जयराज घलेका अनुसार कर्णाली नदीमा पुल निर्माण गर्दा प्राविधिक कठिनाइ, पानीको बहाव तथा सामग्री ढुवानीमा समय लाग्ने जस्ता कारणले ढिलाइ भएको छ। उनले हाल एक वर्ष म्याद थपिएको र २०८२ चैतभित्र पुल निर्माण सम्पन्न गर्ने लक्ष्यसहित काम भइरहेको बताए।

खत्याड गाउँपालिका अध्यक्ष अजबहादुर मल्लका अनुसार योजना प्रदेश सरकारमार्फत आएको हुँदा काम सुरु र सम्पन्न गर्ने समयसीमा सम्बन्धी अभिलेख पूर्वाधार विकास कार्यालय मुगुसँग रहेको छ।

हिमाली गाउँपालिका अध्यक्ष गोबिन्द्रबहादुर मल्लले पक्की पुल बनेपछि बाजुरादेखि रारा तथा सुदूरपश्चिमका नौ जिल्लाका यात्रा अत्यन्त सहज हुने बताए।

पूर्वाधार विकास कार्यालय मुगुले दिएको जानकारी अनुसार एक पिल्लरको काम सकिएको र अर्को पिल्लर निर्माण कार्य सुरु भएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया