Nepal Life

विदेशस्थित सामाजिक सञ्जालले डिजिटल अपराध न्यूनीकरणमा चुनौती पुर्‍याउँदै

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 16:07
विदेशस्थित सामाजिक सञ्जालले डिजिटल अपराध न्यूनीकरणमा चुनौती पुर्‍याउँदै
United Ajod

पाटन (ललितपुर), मङ्सिर  १०  गते । विदेशस्थित सामाजिक सञ्जाललाई नियमन नगरेसम्म नेपालमा महिला र बालिकामाथि हुने डिजिटल अपराध न्यूनीकरणमा समस्या हुने जनाइएको छ। महिला, कानुन तथा विकास मञ्च र सञ्चारिका समूहको संयुक्त आयोजनामा आज ललितपुरमा भएको अन्तरक्रियामा सरोकारवालाले यो चुनौतीमा जोड दिएका हुन्।

Shikhar
Nepal Life
NIMB

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका निमित्त सचिव उदयबहादुर रानामगरले नेपालमा सूचीकृत नभएका विदेशस्थित सामाजिक सञ्जालबाट हुने डिजिटल अपराधको न्यायिक निरुपणमा कठिनाइ हुने बताए। उनले भने, “डिजिटल अपराध विश्वभर चुनौतीपूर्ण बन्दै गएको छ। कानुन समयसापेक्ष परिमार्जन गरी समाधानमा ध्यान दिन आवश्यक छ।”

सञ्चारिका समूहकी अध्यक्ष कमला पन्थीले नयाँ पुस्तालाई डिजिटल हिंसाबारे सचेत गराउन र न्यायका लागि सुसूचित बनाउन जोड दिनुभयो। विकास मञ्चका कार्यकारी निर्देशक सविन श्रेष्ठले लैङ्गिक असमानता हटाउँदै पुरुष–महिलामा हुने डिजिटल हिंसा फरक हुने भएकाले यसबारे समन्वित काम गर्नुपर्ने बताए।

पूर्वमिस नेपाल माल्भिका सुब्बाले १५ वर्षअघि भोगेको डिजिटल हिंसाको अनुभव सुनाउँदै पीडितले कानुनी उपचार नपाउँदा मानसिक स्वास्थ्यमा असर पर्ने बताइन्।

नेपाल प्रहरी साइबर ब्युरोमा कार्यरत प्रहरी निरीक्षक दीपा भट्टराईले आर्थिक वर्ष ८०/८१ मा ९ हजार, ८१/८२ मा ८४०० र चालु आर्थिक वर्षमा २९०० उजुरी परेको जानकारी दिइन्। उजुरी दिनेमध्ये करिब ५० प्रतिशत महिला रहेको उनले जनाइन्।

कार्यक्रममा सामाजिक सञ्जाल र डिजिटल माध्यमबाट हुने हिंसाबारे कचरी नाटक समेत प्रस्तुत गरिएको थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया