Nepal Life

मुख्यमन्त्री शाहद्वारा सिटी हलको शिलान्यास

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 16:12
मुख्यमन्त्री शाहद्वारा सिटी हलको शिलान्यास
United Ajod

धनगढी, मङ्सिर १० गते। कैलालीको लम्कीचुहा नगरपालिका–४ मा बन्ने सिटी हल, सङ्ग्रहालय लगायत अन्य संरचनाको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शिलान्यास गर्नुभएको छ।

Shikhar
Nepal Life
NIMB

बुधबार एक कार्यक्रमकाबिच उहाँले सिटी हल, सङ्ग्रहालयको शिलान्यास गर्नुभएको हो। प्रदेश सरकारको लगानीमा बनिरहेको सिटी हल लगायतको संरचना निर्माणका लागि १३ करोड १९ लाखमा काठमाडौंको गोरखनाथ–पूर्वपश्चिम–निधि जेभीले ठेक्का पाएको छ। 

सिटी हल निर्माणले सभा, सेमिनार, साँस्कृतिक कार्यक्रम लगायतका कार्यक्रम गर्न सहज हुने जनाइएको छ। शिलान्यास समारोहमा मुख्यमन्त्री शाहले विकासको सन्तुलन कायम गर्न आवश्यक रहेको बताउनुभयो। सन्तुुलित बजेट निर्माणप्रति आफू चिन्तित् रहेको उल्लेख गर्दै उहाँले पहाडको विकट जिल्ला बाजुरा र बझाङमा विकासको कामलाई प्राथमिकता दिने बताउनुभयो। 

मुख्यमन्त्री शाहले जनप्रतिनिधिबिच समन्वय र साझा उद्देश्य आवश्यक रहेको औंल्याउँदै सङ्ग्रहालयलाई प्रभावकारी रुपमा अगाडि बढाउन स्थानीय तह र सरोकारवाला सबै जिम्मेवार हुनु पर्नेमा जोड दिनुभयो। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया