Nepal Life

रास्वपा–विवेकशील साझा एकीकरण घोषणा आइतबार, वैकल्पिक राजनीतिक शक्तिलाई एकताबद्ध गर्ने तयारी

NMB Bank
  • BFIS News
  • 2025 Nov 26 21:29
रास्वपा–विवेकशील साझा एकीकरण घोषणा आइतबार, वैकल्पिक राजनीतिक शक्तिलाई एकताबद्ध गर्ने तयारी
United Ajod

काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र विवेकशील साझा पार्टीबीचको बहुप्रतीक्षित एकीकरणको घोषणा आउँदो आइतबार हुने भएको छ। दुबै दलबीच एकता सम्बन्धी सहमति बनेसँगै विवेकशील साझा पार्टीले औपचारिक रूपमा एकीकरण गर्ने निर्णय सार्वजनिक गरेको हो। एकीकरण घोषणा काठमाडौँस्थित राष्ट्रियसभा गृहमा आयोजना हुने बताइएको छ।

Shikhar
Nepal Life
NIMB

विवेकशील साझा पार्टीले उपाध्यक्ष तथा संवाद समितिका संयोजक प्रकाशचन्द्र परियारद्वारा प्रस्तुत ‘वैकल्पिक राजनीतिक दलबीचको वृहत्तर ध्रुवीकरण/एकीकरण प्रस्ताव’लाई सर्वसम्मत पारित गर्दै रास्वपासँग एकीकरणको बाटो खुलेको जनाएको छ। पार्टीका अनुसार वैकल्पिक राजनीतिक शक्तिको आवश्यकता तीव्र हुँदै गएको वर्तमान परिवेश र युवाहरूको ‘जेनजी विद्रोह’अभियानले पनि दुबै दललाई एकताबद्ध हुने दिशामा तीव्र गतिले अघि बढाएको छ।

पार्टीले जारी गरेको जानकारीअनुसार एकीकरणको उद्देश्य देशमा विकास, समृद्धि र सुशासनप्रति जनताले राखेको उच्च अपेक्षालाई परिणाममुखी रूपमा पूरा गर्नु र आगामी निर्वाचनमा प्रभावशाली विकल्पको रूपमा उभिनु रहेको छ। वैकल्पिक राजनीतिक शक्तिलाई एकताबद्ध गर्दै राष्ट्रिय सन्देश दिने उद्देश्यका साथ एकीकरणको निर्णय गरिएको हो,’’ उल्लेख छ।

एकीकरणका अन्य प्राविधिक विषयमा भने दुबै दलका शीर्ष नेतृत्वबीच उच्चस्तरीय समझदारीका आधारमा टुंगो लगाइने जनाइएको छ।

विवेकशील साझा पार्टीका अनुसार वैकल्पिक राजनीतिका संस्थापक उज्वल थापाको योगदान, ‘विवेकशील आन्दोलन’को मूल भावना तथा आगामी प्रतिनिधिसभा निर्वाचनलाई परिणाममुखी बनाउनुपर्ने आवश्यकता पनि एकीकरणका प्रमुख प्रेरणामध्ये हुन्। दुबै दलले एकता पश्चात् वैकल्पिक राजनीतिक धारलाई अझ सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया