Nepal Life

ग्रीन डेभलपमेन्ट बैंकको ८.४६% लाभांश घोषणा, चुक्ता पूँजी ६१ करोड नाघ्ने

NMB Bank
  • BFIS News
  • 2025 Nov 27 12:08
ग्रीन डेभलपमेन्ट बैंकको ८.४६% लाभांश घोषणा, चुक्ता पूँजी ६१ करोड नाघ्ने
United Ajod

काठमाडौं। ग्रीन डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि कुल ८.४६२७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। मंसिर १० गते बसेको बैंकको २३८औँ सञ्चालक समितिको बैठकले सो लाभांश प्रस्ताव पारित गरेको हो।

Shikhar
Nepal Life
NIMB

बैंकले हाल कायम चुक्तापूँजी रु. ५६.९६ करोडको ८.०३९६ प्रतिशत बोनस सेयर तथा सोही बोनस सेयरमा लाग्ने कर तिर्नका लागि ०.४२३१४ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश अनुसार बैंकले बोनस सेयर तर्फ रु. ४.५८ करोड र नगद लाभांश तर्फ रु. २४.१० लाख वितरण गर्नेछ।

बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाले पारित गरेपछिमात्र शेयरधनीहरूलाई वितरण गरिनेछ। ग्रीन डेभलपमेन्ट बैंकले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरूलाई प्रत्याभूत प्रतिफल प्रदान गर्ने उद्देश्यले सो लाभांश प्रस्ताव गरेको जनाएको छ। बैंकले अघिल्लो चार वर्षदेखि लाभांश वितरण गर्दै आइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया