Nepal Life

सिटिजन बैंकका सिइओ पोख्रेलले तलब भत्ताबाट राज्यलाई बुझाए ६८ लाख ७५ हजार कर

NMB Bank
  • BFIS News
  • 2025 Nov 28 12:55
सिटिजन बैंकका सिइओ पोख्रेलले तलब भत्ताबाट राज्यलाई बुझाए ६८ लाख ७५ हजार कर
United Ajod

काठमाडौं। सिटिजन बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्रेलले आफ्नो तलब सुविधाबाट मात्रै ६८ लाख ७५ हजार रुपैयाँ कर बुझाएका छन्। पोख्रेलले गत आर्थिक वर्ष २०८१/८२ मा एक करोड ६५ लाख रुपैयाँ तलब भत्ता बुझेका थिए। उक्त तलब भत्ताबाट आयकर ऐन अनुसार उनले ६८ लाख ७५ हजार रुपैयाँ राज्यलाई कर तिरेर ९६ लाख ५६ हजार रुपैयाँ मात्रै हात पारेका छन्।

Shikhar
Nepal Life
NIMB

आयकर ऐन अनुसार दम्पत्तीको हकमा ६ लाखसम्मको आयमा एक प्रतिशत, ६ लाख पछिको २ लाखमा १० प्रतिशत, ८ लाखदेखि ११ लाखसम्मको तीन लाखमा २० प्रतिशत, ११ लाखदेखि २१ लाखसम्मको १० लाखमा ३० प्रतिशत, २१ लाखदेखि ४९ लाखसम्मको आयमा ३६ प्रतिशत र ५० लाख भन्दा माथिको आयमा ३९ प्रतिशत कर लाग्ने व्यवस्था छ।

यहि व्यवस्था अनुसार पोख्रेलले उक्त कर राज्यलाई पारदर्शी रुपमा भुक्तानी गरेका हुन्। प्रमुख कार्यकारी अधिकृत पोख्रेलको पारिश्रमिक तलब ८४ लाख रुपैयाँ रहेको छ भने भत्ता ५४ लाख रुपैयाँ बुझेका छन्। दशै भत्ता ११ लाख ५० हजार रुपैयाँ रहेको छ। संचयकोषमा ८ लाख ४० हजार रुपैयाँ जम्मा भएको छ। बिदा बापतको भुक्तानी ७ लाख रुपैयाँ प्राप्त गरेका छन्। सिइओ पोख्रेलले यस बाहेक बोनस ऐन अनुसार मुनाफाको बोसन रकम पनि बुझेका छन्।

प्रमुख कार्यकारी अधिकृतलाई चालक, इन्धन र मर्मत संभार सहित सवारी साधनको व्यवस्था गरिएको बैंकले जनाएको छ। कर्मचारी विनियमावली अनुसार दुर्घटना बीमा, औषधोपचार बीमाको व्यवस्था रहेको छ।

नेपालको सन्दर्भमा बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतको वार्षिक तलब सुविधा तथा भत्ता आकर्षक रहेको छ। जसले गर्दा यस क्षेत्रमा काम गर्ने र भविष्य देख्नेहरुलाई प्रोत्साहित गर्दछ। जति बजारमा धेरै तलब भत्ता बुझेका कुराहरु आउछन् त्यो भन्दा धेरै राज्यलाई तिरेको करका कुरा भने आउदैनन्। आकर्षक तलब बुझ्दै गर्दा उच्च पदस्थ कर्मचारीले राज्यलाई पनि आकर्षक कर भुक्तानी गर्दै आएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया