Nepal Life

कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा उम्मेदवारीका लागि आवेदन खुला

NMB Bank
  • BFIS News
  • 2025 Nov 28 15:43
कुलमान घिसिङको ‘उज्यालो नेपाल पार्टी’मा उम्मेदवारीका लागि आवेदन खुला
United Ajod

काठमाडौं। कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि उम्मेदवार आवेदन खुला गरेको घोषणा गरेको छ। शुक्रबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमार्फत पार्टीले २०८२ साल मंसिर २९ गतेसम्म आवेदन दिन सकिने जनाएको हो।

Shikhar
Nepal Life
NIMB

पार्टीका प्रवक्ता डा. राजु थापाका अनुसार योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र प्रस्तुत गर्न सक्ने व्यक्तिहरूलाई आवेदन दिन आग्रह गरिएको छ। उनले भने, “उज्यालो नेपाल पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि योग्य, सक्षम र स्वच्छ छवि भएका, देशको उज्यालो भविष्य निर्माणका लागि स्पष्ट मार्गचित्र कोर्नसक्ने व्यक्तिहरूबाट उम्मेदवारीका लागि २०८२ साल मंसिर २९ गतेसम्म खुला आवेदन आह्वान गर्दछ।”

आवेदन दिने व्यक्तिले आफू उठ्न चाहेको निर्वाचन क्षेत्र स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने पार्टीले जनाएको छ। प्रवक्ता थापाले उज्यालो नेपाल निर्माणका लागि ठोस मार्गचित्रसहितका उम्मेदवारलाई प्राथमिकता दिइनेसमेत बताए।

उज्यालो नेपाल पार्टीले आगामी निर्वाचनलाई नयाँ नेतृत्व र वैकल्पिक राजनीतिक शक्तिको रूपमा उभिन महत्वपूर्ण अवसरका रूपमा लिएको जनाइएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया