Nepal Life

नेप्से परिसूचक साताभरि लगातार उकालो, व्यापार रकम ३२ अर्ब नजिक

NMB Bank
  • BFIS News
  • 2025 Nov 28 15:48
नेप्से परिसूचक साताभरि लगातार उकालो, व्यापार रकम ३२ अर्ब नजिक
United Ajod

काठमाडौँ, मङ्सिर १२ गते। यस साता धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक लगातार पाँच दिन उकालो लागेको छ। आइतबारदेखि बिहीबारसम्मको समग्र वृद्धि चार दशमलवभन्दा बढी रहेर नेप्से २,६७६.०३ विन्दुमा पुगेको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभरि छ करोड २९ लाख ९९ हजार ६०४ कित्ता शेयर करिब ३२ अर्ब १७ करोड मूल्य बराबरमा कारोबार भएको छ। मङ्गलबारको कारोबार पाँच अर्बमा सीमित भए पनि अन्य दिन सबै दिन आठ अर्बभन्दा बढी कारोबार रहे।

साताको पहिलो दिन आइतबार नेप्से ३९.९२ अङ्कले बढेर २,६००.२२ विन्दुमा पुगेको थियो। सो दिन अधिकांश उपसूचक बढे। सागर डिस्टिलरी, बन्दीपुर केबलकार, झापा इनर्जीमा सकारात्मक सर्किट लाग्दा पिपुल्स हाइड्रोपावर कम्पनीको शेयरमा ७.५६ प्रतिशत गिरावट देखियो।

सोमबार नेप्से ५०.४४ अङ्कले उकालो लागेर २,६५०.६६ विन्दुमा पुगेको थियो। नेपाल लाइफ इन्स्योरेन्सको २४ करोडभन्दा बढीको कारोबारसहित अग्रस्थानमा रह्यो। झापा इनर्जीमा १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्यो।

मङ्गलबार नेप्से ५.३२ अङ्कले बढेर २,६५५.९९ विन्दुमा पुगेको थियो। होटल तथा पर्यटन समूह सबैभन्दा धेरै १.४१ प्रतिशतले उकालो लाग्यो।

बुधबार नेप्से ९.६१ अङ्कले बढेर २,६६५.६० विन्दुमा पुगेको छ। एनआरएन इन्फ्रास्ट्रक्चरको ६२ करोडभन्दा बढीको कारोबार सबैभन्दा बढी रह्यो भने झापा इनर्जीमा पुनः १० प्रतिशत वृद्धि भई सकारात्मक सर्किट लाग्यो।

साताको अन्तिम दिन बिहीबार नेप्से १०.४३ अङ्कले बढेर २,६७८.०३ विन्दुमा पुगेको थियो। सागर डिस्टिलरी १० प्रतिशतले बढेर सकारात्मक सर्किटमा रह्यो। बैङ्किङ समूह सबैभन्दा बढी १.४९ प्रतिशतले उकालो लाग्यो।

बजार लगातार उकालो लागिरहे पनि आगामी मौद्रिक नीतिको समीक्षाले नेप्सेको गतिमा प्रभाव पार्ने विश्लेषकको भनाइ छ। हाल ब्याजदर न्यून र तरलता पर्याप्त भए पनि कर्जा विस्तार अपेक्षित रूपमा बढ्न सकेको छैन। यस अवस्थामा लगानीकर्ताको मनोबल बढाउन नियामक स्पष्टता, कर्जा प्रोत्साहन र पुँजीबजारमैत्री प्रावधान आवश्यक रहेको जानकारहरूले बताएका छन्।

साथै आगामी निर्वाचन वातावरण स्थिर र सकारात्मक भएमा आर्थिक गतिविधि बढ्ने र यसले बजारमा मनोवैज्ञानिक ऊर्जा थप्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया