Nepal Life

जेनजी आन्दोलनसँगको सम्झौता सोमबारभित्र टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन

NMB Bank
  • BFIS News
  • 2025 Nov 29 16:36
जेनजी आन्दोलनसँगको सम्झौता सोमबारभित्र टुंग्याउन प्रधानमन्त्री कार्कीको निर्देशन
United Ajod

काठमाडौँ, मंसिर १२ गते। प्रधानमन्त्री सुशीला कार्कीले शुक्रबार जेनजी आन्दोलनका अगुवा प्रतिनिधिसँग भेट गरी सरकार–आन्दोलनकारीबीच हुन लागेको सम्झौताका मस्यौदालाई अन्तिम रूप दिने विषयमा छलफल गर्नुभएको छ। बैठकबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावतले मस्यौदा टुंग्याउने प्रक्रियामा सरकार गम्भीर रहेको बताउनुभयो।

Shikhar
Nepal Life
NIMB

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आयोजित छलफलमा जेनजी प्रतिनिधिहरूले सम्झौतामा हस्ताक्षर गर्ने काम शीघ्र टुंग्याउन आग्रह गरेका थिए। सरकारी पक्षले भने जेनजी समूहबाट प्राप्त दस्तावेजको अध्ययन भइरहेको र त्यसलाई अन्तिम रूप दिने काम जारी रहेको जानकारी दिएको थियो।

यस क्रममा प्रधानमन्त्री कार्कीले सम्झौतासम्बन्धी प्रक्रिया ढिलाइ नगरी छिटो निष्कर्षमा पुग्न निर्देशन दिनुभयो। उहाँले भन्नुभयो,
“अब यो विषय धेरै लम्ब्याउनु हुँदैन। आज सकिन्छ भने आजै सकाउनुहोस्, नभए भोलि शनिबार काम गर्नुहोस्। पर्सि आइतबार जे–जे हेर्नुपर्छ हेरेर सोमबारभित्र अन्तिम रूप दिनुपर्छ। अब धेरै दिन पर्खन सकिँदैन।”

प्रधानमन्त्री कार्कीले सम्झौतामा हस्ताक्षर गर्दा कुनै समस्या आए आफू र मन्त्रिपरिषद्ले त्यसको पूर्ण जिम्मेवारी लिने स्पष्ट संकेत पनि गर्नुभयो। उहाँले यो राजनीतिक निर्णय भएकाले कर्मचारी प्रशासनले अनावश्यक चिन्ता लिनु नपर्ने बताउनुभयो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया