Nepal Life

सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन, कालीकोटको हाउडीगाउँ शोकमा

NMB Bank
  • BFIS News
  • 2025 Nov 29 16:54
सवारी दुर्घटनामा पत्रकार वीरेन्द्र आचार्यको निधन, कालीकोटको हाउडीगाउँ शोकमा
United Ajod

कालीकोट, मंसिर १३ गते। सामुदायिक रेडियो तिला आवाजका स्टेसन म्यानेजर तथा पत्रकार वीरेन्द्र आचार्यको सवारी दुर्घटनामा निधन भएपछि कालीकोटको शुभकालिका गाउँपालिका–६, हाउडीगाउँ शोकाकुल बनेको छ। स्थानीय पुष्पराज आचार्यका अनुसार आकस्मिक दुर्घटनाले गाउँ स्तब्ध बनेको छ। वृद्धदेखि बालकसम्म सबै शोकमा डुबेको बताइएको छ।

Shikhar
Nepal Life
NIMB

निवर्तमान वडाध्यक्ष कर्णबहादुर केसीले न्यायको पक्षमा सधैं आवाज उठाउने आचार्यको निधनले गाउँले ठूलो क्षति व्यहोर्नुपरेको बताए। बुवा रत्नप्रसाद आचार्य र आमा जसुदा आचार्यका माइला छोरा वीरेन्द्र सुरुमा व्यवसायमा संलग्न हुनुहुन्थ्यो। अन्याय सहन नसक्ने स्वभावका कारण पछि पत्रकारितामा लाग्नुभएको थियो।

आचार्य सान्नीत्रिवेणी गाउँपालिकाले सञ्चालन गरेको रेडियो सान्नीत्रिवेणी एफएममा स्टेसन म्यानेजरका रूपमा कार्यरत रहनुभएको थियो। पछि आफ्नै लगानीमा रेडियो तिला आवाज सञ्चालन गर्नुभएको थियो। दुई छोरा, एक छोरी, श्रीमती तथा आमा–बुवासँगै बस्दै आउनुभएका आचार्य निडर पत्रकारका रूपमा पहिचान स्थापित गर्न सफल भएको स्थानीयको भनाइ छ।

वीरेन्द्रनगर नगरपालिका–२ अगाडि शनिबार राति आचार्य सवार स्कुटीलाई विपरित दिशाबाट आएको मोटरसाइकलले ठक्कर दिँदा उहाँको मृत्यु भएको हो। सुर्खेतका प्रहरी प्रमुख एसपी सुधिरराज शाहीका अनुसार दुर्घटनापछिका गतिविधिका कारण मृतकका आफन्तले यरिचोक, मुलपानीचोकलगायत स्थानमा टायर बाल्दै आन्दोलन गरिरहेका छन्।

दुर्घटना स्थलको प्रारम्भिक अवलोकनमा मोटरसाइकलले विपरीत दिशाबाट आएर ठक्कर दिएको देखिएको प्रहरीले जनाएको छ। आफन्तले घटनालाई शंकास्पद भन्दै निस्पक्ष छानबिनको माग गरेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया