Nepal Life

भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य: सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज उपलब्ध

NMB Bank
  • BFIS News
  • 2025 Nov 30 19:44
भेटायो र हिमालयन एभरेस्ट इन्स्योरेन्सबीच सहकार्य: सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज उपलब्ध
United Ajod

काठमाडौं, नेपाल – २३ नोभेम्बर, २०२५ – नेपालको अग्रणी होम-आधारित सेवा प्लेटफर्म, भेटायो इंक प्रा. लि. ले आफ्ना विशेषज्ञ फ्रील्यान्स सेवा प्रदायकहरूको सुरक्षा र हितको लागि महत्वपूर्ण कदम उठाउँदै हिमालयन एभरेस्ट इन्स्योरेन्स लिमिटेड (HEI) सँग साझेदारी गरेको छ। HEI नेपालको विश्वसनीय गैर-जीवन बीमा कम्पनीमध्ये एक हो, जसले भरपर्दो र व्यापक बीमा समाधान प्रदान गर्दै आएको छ।

Shikhar
Nepal Life
NIMB

यस साझेदारीमार्फत, भेटायोले आफ्नो एपमार्फत काम गर्ने सबै सेवा प्रदायकहरूको लागि दुर्घटना बीमा कवरेज सुरु गरेको छ। यस पहलले ग्राहकलाई सेवा प्रदान गर्न जाने हरेक पेशेवरलाई अतिरिक्त सुरक्षा प्रदान गर्नेछ र भेटायोको आफ्नो कार्यबलप्रतिको प्रतिबद्धतालाई अझ मजबुत बनाउनेछ भन्ने कम्पनीले विस्वास लिएको छ।

भेटायोले आफ्नो सेवा विस्तारको लक्ष्यको पछाडी  महत्त्वपूर्ण रुपमा रहेका सेवा प्रदायकलाई केन्दमा राखेको छ।दुर्घटना बीमा उपलब्ध गराएर हामी चाहन्छौं कि हाम्रा प्रदायकहरू सुरक्षित रहुन र आफ्नो करियर विकास गर्न उत्साहित” रहुन भन्ने चाहाना रहेको भेटायोका सह-संस्थापक, रोचन मान महर्जनले उल्लेख गरे।

यो सहकार्यले भेटायोका सेवा प्रदायकहरूको आत्मविश्वास मात्र बढाउँदैन, नेपालमा सेवा उद्योगमा नयाँ मापदण्ड समेत तय गर्दछ, जहाँ कामदारको सुरक्षा, सम्मान र कल्याणलाई प्राथमिकता दिइन्छ।

भेटायोले हिमालयन एभरेस्ट इन्स्योरेन्सलाई यसको समर्थन र पहल सफल बनाउन योगदान पुर्‍याएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्दछ। दुवै संस्थाको लक्ष्य नेपालमा विश्वासिलो, जिम्मेवार, र आम मानिस-केन्द्रित सेवा को वातावरण निर्माण गर्नु हो।

भेटायो एप मार्फत ग्राहकहरूले १५ भन्दा बढी सेवाहरू प्राप्त गर्न सक्छन्, जस्तै: प्लम्बिङ, ईलेक्ट्रिकल, पेष्ट कन्ट्रोल, घर सरसफाइ, र अन्य धेरै विश्वसनीय, छिटो र पारदर्शी सेवाहरू।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया