Nepal Life

नीतिगत दर घट्यो, बैंकहरूबाट ब्याजदर अझै घट्ने सम्भावना

NMB Bank
  • BFIS News
  • 2025 Dec 01 11:22
नीतिगत दर घट्यो, बैंकहरूबाट ब्याजदर अझै घट्ने सम्भावना
United Ajod

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा सार्वजनिक गर्दै नीतिगत दरमा कटौती गरेको छ। सोमबार बसेको बैंकको सञ्चालक समितिको बैठकले समीक्षा स्वीकृत गरी सार्वजनिक गरेको हो।

Shikhar
Nepal Life
NIMB

समीक्षा अनुसार पूर्ववत् ४.५० प्रतिशत रहेको नीतिगत दर घटाएर ४.२५ प्रतिशत कायम गरिएको छ। यससँगै मौद्रिक करिडोरको माथिल्लो सीमा मानिने स्थायी तरलता सुविधा (SLF) दर ६ प्रतिशतबाट घटाई ५.७५ प्रतिशत निर्धारण गरिएको छ। तर, तल्लो सीमा मानिने स्थायी निक्षेप सुविधा (SDF) दर भने २.७५ प्रतिशतकै दरमा यथावत राखिएको छ।

नीतिगत दरमा गरिएको यो कटौतीसँगै बैंक तथा वित्तीय संस्थाहरूले कर्जा तथा निक्षेपमा लाग्ने ब्याजदर थप घटाउने सम्भावना बढेको राष्ट्र बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया