Nepal Life

आर्थिक वृद्धि नहुनुमा गम्भीर आत्मसमीक्षा आवश्यक: अर्थमन्त्री खनाल

NMB Bank
  • BFIS News
  • 2025 Dec 01 19:49
आर्थिक वृद्धि नहुनुमा गम्भीर आत्मसमीक्षा आवश्यक: अर्थमन्त्री खनाल
United Ajod

काठमाडौं, १५ मंसिर । अर्थमन्त्री रामेश्वर प्रसाद खनालले मुलुकले अपेक्षित आर्थिक वृद्धि हासिल गर्न नसक्नुका कारणबारे अहिले नै गम्भीर आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका छन्। नेपाल आर्थिक पत्रकार समाज (सेजन)को २९औँ वार्षिकोत्सव तथा अवार्ड वितरण समारोहमा बोल्दै अर्थमन्त्री खनालले विगतका वर्षहरूमा राजनीतिक असन्तुष्टि र अस्थिरताले विकास र आर्थिक गतिविधिमा नकारात्मक प्रभाव पारेको उल्लेख गरे।

Shikhar
Nepal Life
NIMB

“देशमा जुनसुकै रूपमा राजनीतिक असन्तुष्टि देखिए पनि जो–कोहीले सिर्जना गरेको सम्पत्ति नेपालको सम्पत्ति नै हो भन्ने बुझाइ विकसित हुनुपर्छ,” अर्थमन्त्री खनालले भने।

उहाँले बढ्दो प्रविधि प्रयोगसँगै सूचनाको आधिकारिकता र त्यसले पार्ने प्रभावका विषयमा सञ्चार माध्यमहरू विशेष रूपमा संवेदनशील हुनुपर्नेमा जोड दिए। गलत तथा अप्रमाणित सूचनाले अन्तर्राष्ट्रिय सम्बन्ध र लगानी वातावरणमा प्रतिकूल असर पार्न सक्ने बताउँदै मन्त्री खनालले सञ्चार क्षेत्र जिम्मेवार बन्नुपर्ने आवश्यकता दोहोर्याए।

अर्थमन्त्री खनालले सरकारले हाल ठूला पूर्वाधार आयोजनामा बजेट विस्तार गरी काम अघि बढाइरहेको उल्लेख गरे। त्यस्तै पुँजी बजारका विद्यमान समस्या समाधान गर्ने तथा पूर्वविशिष्ट पदाधिकारीहरूको सेवा–सुविधालाई कानुनी संरचनामा ल्याई नियमनका कार्य भइरहेको जानकारी गराए।

सेजनले नेपालका आर्थिक आरोह–अवरोहका बेला मार्गदर्शकको भूमिकामा रहेर जिम्मेवार र पेशेवर पत्रकारिता प्रवर्द्धन गर्दै आएको भन्दै उनले प्रशंसा व्यक्त गरे।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया