Nepal Life

न्युन ब्याजदर हुँदा पनि ठूला पूर्वाधारमा लगानी हुन सकेन, मुख्य चुनौती तरलता व्यवस्थापन: गभर्नर पौडेल

NMB Bank
  • BFIS News
  • 2025 Dec 01 20:05
न्युन ब्याजदर हुँदा पनि ठूला पूर्वाधारमा लगानी हुन सकेन, मुख्य चुनौती तरलता व्यवस्थापन: गभर्नर पौडेल
United Ajod

काठमाडौं। नेपाल राष्ट्र बैंकका गभर्नर प्राडा विश्वनाथ पौडेलले अहिले अर्थतन्त्रले भोगिरहेको मुख्य चुनौती तरलता व्यवस्थापन रहेको बताएका छन्। आर्थिक पत्रकार समाजको २९ औं वार्षिकोत्सवको अवसरमा गभर्नर पौडेलले बैंक तथा वित्तीय क्षेत्रभित्र पर्याप्त तरलता र न्यून ब्याजदर हुँदाहुँदै पनि ठूला पूर्वाधार क्षेत्रमा लगानी विस्तार हुन नसकेको भन्दै चिन्ता व्यक्त गरेका छन्। 

Shikhar
Nepal Life
NIMB

गभर्नर पौडेलले मौद्रिक नीतिका प्रावधानहरूको प्रभावकारी कार्यान्वयन हुन नसक्दा अपेक्षित परिणाम नआएको बताए। कृषि, पर्यटन, ऊर्जा तथा उत्पादनमूलक क्षेत्रमा कर्जा प्रवाह बढाउन सके आर्थिक गतिविधि तीव्र रूपमा अघि बढ्ने भन्दै स्थानीय आवश्यकता अनुसार कर्जा विस्तार गर्न बैंक तथा वित्तीय संस्थालाई सुझाव दिए।

“उत्पादनमुखी क्षेत्रलाई प्राथमिकता दिनुपर्छ, जोखिम व्यवस्थापन र स्थानीय अर्थतन्त्रका प्राथमिकता दुवै हेर्नुपर्छ,” उनले भने। गभर्नर पौडेलका अनुसार बैंकहरूले नाफा वृद्धि केवल कर्जाको दरमा निर्भर नगराई सेवा विस्तार, व्यवसाय सञ्चालन सहजता र प्रविधिको प्रभावकारी प्रयोगमा केन्द्रित हुनुपर्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया