Nepal Life

जीवन बीमा क्षेत्रमा लोभलाग्दो वृद्धि, आर्थिक चुनौतीबीच पनि व्यवसाय फस्टाउँदै

NMB Bank
  • BFIS News
  • 2025 Dec 01 21:58
जीवन बीमा क्षेत्रमा लोभलाग्दो वृद्धि, आर्थिक चुनौतीबीच पनि व्यवसाय फस्टाउँदै
United Ajod

काठमाडौं । राष्ट्रको समग्र अर्थतन्त्र चुनौतीपूर्ण अवस्थाबाट गुज्रिँदा लगानी, उद्योगधन्दा र बजारमा निराशा बढिरहँदा पनि जीवन बीमा क्षेत्र भने उल्टै उल्लेख्य रूपमा विस्तार भएको देखिन्छ। बीमा प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो तथ्यांकले चालु आर्थिक वर्षको पहिलो चार महिनामा जीवन बीमा कम्पनीहरूको नयाँ व्यवसायमा झण्डै ३० प्रतिशतको लोभलाग्दो वृद्धि भएको पुष्टि गरेको हो।

Shikhar
Nepal Life
NIMB

प्रथम बीमा शुल्कमा २९.९१ प्रतिशत वृद्धि

गत वर्षको कार्तिक मसान्तसम्म ९ अर्ब ७९ करोड ४६ लाख ५७ हजार रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेका जीवन बीमा कम्पनीहरूले यस वर्ष उही अवधिमा १२ अर्ब ७२ करोड ३९ लाख ४० हजार रुपैयाँ संकलन गरेका छन्। यो रकम गत वर्षको तुलनामा २९.९१ प्रतिशतले बढी हो।

प्रथम बीमा शुल्क जीवन बीमा कम्पनीहरूको व्यवसाय विस्तार, बजार स्थिती र भविष्यिक मुनाफाको आधार मानिने सूचक हो।

नेपाल लाइफ अग्रस्थानमा, आईएमई लाइफको सर्वाधिक वृद्धि

अवधिभर संकलित प्रथम बीमा शुल्कमा नेपाल लाइफ ३ अर्ब ६७ करोड रुपैयाँसहित शीर्षस्थानमा रह्यो। दोस्रोमा नेशनल लाइफ १ अर्ब ८८ करोड रुपैयाँ, तेस्रोमा एलआईसी नेपाल ९३ करोड रुपैयाँ, चौथोमा सूर्यज्योति लाइफ ८३ करोड ९ लाख रुपैयाँ र पाँचौंमा सिटिजन लाइफ ७४ करोड रुपैयाँसहित उक्लिएका छन्।

यसैगरी, हिमालयन लाइफ ६८ करोड, एशियन लाइफ ६२ करोड, आईएमई लाइफ ५८ करोड, सानिमा रिलायन्स ५४ करोड, रिलायबल नेपाल ५३ करोड, प्रभु महालक्ष्मी लाइफ ४२ करोड र सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनीले ४९ करोड रुपैयाँ प्रथम बीमा शुल्क आम्दानी गरेका छन्।

वृद्धिदर हेर्दा, आईएमई लाइफले ८४ प्रतिशतको झिनामसिनै देखिने तर प्रभावशाली वृद्धि हासिल गरेको छ, भने नेपाल लाइफले ४४ प्रतिशत ग्रोथसहित अग्रस्थान सुरक्षित गरेको बीमा प्राधिकरणले जनाएको छ।

नविकरण बीमा शुल्कमा पनि मजबुत प्रदर्शन

चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म जीवन बीमा कम्पनीहरूले ४९ अर्ब ४९ करोड रुपैयाँ नविकरण बीमाशुल्क आर्जन गरेका छन्। यसमा शीर्षस्थानमा रहेका कम्पनीहरूः

  • नेपाल लाइफ – १३ अर्ब ३३ करोड

  • नेशनल लाइफ – ५ अर्ब ५८ करोड

  • एलआईसी नेपाल – ५ अर्ब ५३ करोड

  • हिमालयन लाइफ – ४ अर्ब ९५ करोड

  • सूर्यज्योति लाइफ – २ अर्ब ८० करोड

  • एशियन लाइफ – २ अर्ब ३६ करोड

  • सिटिजन लाइफ – १ अर्ब ९२ करोड

यसैगरी, सानिमा रिलायन्स (१ अर्ब ७३ करोड), मेट लाइफ (१ अर्ब ६२ करोड), प्रभु महालक्ष्मी लाइफ (१ अर्ब ३७ करोड), आईएमई लाइफ (१ अर्ब ३६ करोड), रिलायबल नेपाल लाइफ (१ अर्ब ३२ करोड) र सन नेपाल लाइफ (१ अर्ब १ करोड) ले नविकरण बीमाशुल्क संकलन गरेका छन्।

कुल बीमाशुल्कमा १६.५३ प्रतिशत वृद्धि

बीमा प्राधिकरणले सार्वजनिक गरेको अर्को तथ्यांकअनुसार १४ जीवन बीमा कम्पनीहरूले कात्तिक मसान्तसम्म ६२ अर्ब २१ करोड ८४ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्। गत वर्ष सोही अवधिमा ५३ अर्ब ३९ करोड ३२ लाख रुपैयाँ आम्दानी भएकामा यस वर्ष १६.५३ प्रतिशत वृद्धि भएको हो।

कुल बीमाशुल्कमा शीर्षस्थानः

  • नेपाल लाइफ – १७ अर्ब ९२ लाख

  • नेशनल लाइफ – ७ अर्ब ४७ करोड ३० लाख

  • एलआईसी नेपाल – ६ अर्ब ४६ करोड ८९ लाख

  • हिमालयन लाइफ – ५ अर्ब ६४ करोड ७ लाख

  • राष्ट्रिय जीवन बीमा – ५ अर्ब ३ करोड ९३ लाख

त्यसपछि सूर्यज्योति लाइफ (३ अर्ब ६४ करोड ५ लाख), एशियन लाइफ (२ अर्ब ९९ करोड ५० लाख), सिटिजन लाइफ (२ अर्ब ६६ करोड ६४ लाख), सानिमा रिलायन्स (२ अर्ब २८ करोड १६ लाख), मेट लाइफ (२ अर्ब ९ करोड ४१ लाख), आईएमई लाइफ (१ अर्ब ९४ करोड ५४ लाख), प्रभु महालक्ष्मी लाइफ (१ अर्ब ८० करोड ४३ लाख) र सन नेपाल लाइफ (१ अर्ब ३० करोड ६ लाख) रहेका छन्।

वृद्धिदरमा राष्ट्रिय जीवन बीमा अगाडि

कुल बीमाशुल्क वृद्धिदर यस्तो छः

  • राष्ट्रिय जीवन बीमा – १८३.६६%

  • आईएमई लाइफ – २६.६८%

  • सिटिजन लाइफ – २१.४०%

  • रिलायबल लाइफ – १९.२५%

  • नेशनल लाइफ – १६.०९%

  • सूर्यज्योति लाइफ – ११.९७%

  • मेट लाइफ – ११.६८%

  • प्रभु महालक्ष्मी लाइफ – १०.८३%

  • सानिमा रिलायन्स लाइफ – १०.७९%

  • नेपाल लाइफ – १०.३८%

  • एशियन लाइफ – ९.१७%

  • एलआईसी नेपाल – ६.८१%

  • सन नेपाल लाइफ – १.४९%

  • हिमालयन लाइफ – १.०३%

आर्थिक सुस्ततापछि पनि जीवन बीमा क्षेत्रको उकालो यात्रा

समग्र आर्थिक गतिविधि सुस्तिए पनि जीवन बीमा क्षेत्रले देखाएको वृद्धि अर्थतन्त्रको दीर्घकालीन स्थायित्व र वित्तीय बजारमा बीमा क्षेत्रको आकर्षण बढ्दै गएको संकेत हो।

बीमा बजार विस्तार, ग्राहकहरूको बढ्दो विश्वास र कम्पनीहरूले अपनाएको आक्रामक व्यवसायिक रणनीतिले आगामी महिनाहरूमा पनि यस्तो वृद्धि कायम रहने संकेत देखिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया