Nepal Life

कुमारी बैंकको अगुवाइमा नार खोला जलविद्युत परियोजनामा लगानी सम्झौता 

NMB Bank
  • BFIS News
  • 2025 Dec 02 14:07
कुमारी बैंकको अगुवाइमा नार खोला जलविद्युत परियोजनामा लगानी सम्झौता 
United Ajod

काठमाडौं। ६१.११ मेगावाट क्षमताको नार खोला जलविद्युत् परियोजनाको निर्माणका लागि कुमारी बैंकले नेतृत्व गर्दै बैंकिङ समूहबाट वित्तीय लगानी गर्ने सम्झौतामा हस्ताक्षर भएको छ। परियोजनाका मुख्य लगानीकर्ता सिंहती हाइड्रो इनर्जी लिमिटेड (SHEL) रहनेछन्।

Shikhar
Nepal Life
NIMB

सोमबार नार खोला हाइड्रो इनर्जी प्रा. लि.का अध्यक्ष बतु लामिछाने र कुमारी बैंकका क्षेत्रीय क्रेडिट अफिसर अर्पण पोखरेलले सम्झौतामा हस्ताक्षर गरेका छन्।

परियोजनामा मनाङको नार्पा भूमि गाउँपालिका क्षेत्रभित्र पर्ने नार खोला र सोती खोलाको पानी प्रयोग गरिनेछ। पानी संकलनपछि करिब ८ किमि लामो हेन्ड्रेस टनेल हुँदै पेन्स्टक पाइपलाइनमार्फत नासो गाउँपालिकामा निर्माण हुने पावर हाउसमा विद्युत् उत्पादन गरिनेछ। परियोजनाको ग्रस हेड ५८८.८२ मिटर रहनेछ।

परियोजनाबाट वार्षिक ३६६.४८ गिगावाट–घण्टा (GWh) विद्युत् उत्पादन हुने अपेक्षा गरिएको छ, जसलाई नेपाल विद्युत् प्राधिकरण (NEA) सँगको उर्जा खरीदी सम्झौताअनुसार धारापानी सब–स्टेशनमा जोडिनेछ।

परियोजनाको कुल लागत रु. १२.८४ अर्ब रहनेछ। त्यसमा रु. ९.६३ अर्ब बैंकिङ ऋण र रु. ३.२१ अर्ब इक्विटी रहनेछ, जसको प्रमुख हिस्सा सिंहती हाइड्रो इनर्जी लिमिटेडले पूर्ति गर्नेछ। कुमारी बैंकको नेतृत्वमा भएको ऋण व्यवस्थापनमा नेपाल एसबीआई बैंक, कृषि विकास बैंक, एनआईसी एशिया बैंक, र मुुक्तिनाथ विकास बैंक समेत सहभागी छन्। नार खोला जलविद्युत् परियोजनाबाट मनाङ सहित प्रदेशभरको विद्युत् आपूर्तिमा थप टेका पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया