Nepal Life

लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु

NMB Bank
  • BFIS News
  • 2025 Dec 02 15:15
लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर २०२५’ अभियान सुरु
United Ajod

काठमाडौं । लक्ष्मी सनराइज बैंकले डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने उद्देश्यले सञ्चालन गर्दै आएको वार्षिक अभियान ‘डिजिटल डिसेम्बर’को सातौँ संस्करण (#DigitalDecember2025) सुरु भएको छ।

Shikhar
Nepal Life
NIMB

यस वर्षको अभियान “इम्पावरिङ एन्टरप्राइजेज” भन्ने नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहने बैंकले जनाएको छ।

डिसेम्बर महिनाभर चल्ने यो अभियानमार्फत बैंकले आफ्ना डिजिटल प्लेटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारका लागि प्राथमिक माध्यमको रूपमा स्थापित गर्ने लक्ष्य राखेको छ। उपभोक्ता–केन्द्रित अघिल्ला संस्करणहरूभन्दा यस वर्ष उद्यम–केन्द्रित डिजिटल रूपान्तरणतर्फ अभियानले महत्वपूर्ण फड्को मारेको बैंकको भनाइ छ।

नेपालका सबै व्यापार क्षेत्र लक्षित

डिजिटल डिसेम्बर २०२५ ले घरेलु तथा साना–मझौला उद्यम, कर्पोरेट संघ–संस्था, खुद्रा तथा थोक व्यापार, आईटी, वित्त, स्वास्थ्य, शिक्षा, आतिथ्यलगायतका सबै क्षेत्रमा क्रियाशील व्यवसायहरूलाई समेट्ने लक्ष्य राखेको छ।

अभियान उद्यमी तथा व्यवसायीलाई डिजिटल बैंकिङ च्यानलमा सक्रिय बनाउँदै उच्च मूल्यका नगद तथा चेक कारोबारलाई डिजिटल माध्यममा रूपान्तरण गर्नमा केन्द्रित छ। साथै, API र होस्ट–टु–होस्ट कनेक्टिभिटीमार्फत उद्यमहरूले आफ्नै सिस्टमबाट सधैंझैँ सहज रूपमा भुक्तानी गर्न सक्ने समाधान प्रवर्द्धन गरिने बैंकले जनाएको छ।

अभियानमा प्रवर्द्धन गरिने प्रमुख डिजिटल सेवा

  • इ–कमर्स व्यवसायका लागि भिसा तथा मास्टरकार्डमार्फत निर्बाध भुक्तानी प्राप्त गर्ने सुविधा

  • कर्पोरेट संघ–संस्थाका कर्मचारीका लागि ‘अन कार्ड’ भर्चुअल क्रेडिट कार्ड तथा भिसा क्रेडिट कार्ड सेवा

  • व्यवस्थित व्यापारिक कारोबारका लागि ‘कर्पोरेटपे’ (CorporatePay) र राष्ट्रिय भुक्तानी इन्टरफेस (NPI) एकीकरण

  • व्यापारिक भुक्तानी प्राप्तिका लागि रियल–टाइम अलर्ट सुविधासहितको ‘लक्ष्मी वाणी’ (QR Voice Box)

उद्यमीका लागि विशेष सुविधा

अभियानमा सहभागी उद्यमी तथा व्यवसायीहरूले डिसेम्बर महिनाभर विशेष अनबोर्डिङ लाभ, छुट, विशिष्टिकृत सेवा तथा अग्राधिकार सहयोग पाउनेछन्। बैंकका अनुसार यस अभियानले व्यवसायहरूको डिजिटल रूपान्तरण यात्रा थप सहज तथा लाभदायी बनाउनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया