Nepal Life

एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जीत, प्लेअफ दौडमा आशा कायम

NMB Bank
  • BFIS News
  • 2025 Dec 02 15:23
एनपीएलमा जनकपुर बोल्ट्सको पहिलो जीत, प्लेअफ दौडमा आशा कायम
United Ajod

काठमाडौं । जनकपुर बोल्ट्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जीत हात पार्दै प्लेअफ प्रतिस्पर्धामा आफ्नो सम्भावना जिउँदो राखेको छ। बुधबार सम्पन्न खेलमा जनकपुरले चितवन राइनोजलाई ६ विकेटले पराजित गर्‍यो।

Shikhar
Nepal Life
NIMB

१७७ रनको लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा ४ विकेटको क्षतिमा १८० रन जोड्दै सहज विजय हासिल गर्‍यो। जनकपुरका ओपनर माज सादाकत र अनिलकुमार साहको उत्कृष्ट अर्धशतक टोलीको जितको आधार बन्यो।

सादाकतले ३० बलमा ६३ रन प्रहार गरे भने साहले ३६ बलमा ६१ रन जोडे।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवन राइनोजले ४ विकेटको क्षतिमा १७६ रन बनाएको थियो। चितवनका लागि डेभिड मलानले ८० रनको शानदार इनिङ्स खेले भने अर्जुन साउदले ५२ रनको योगदान दिए।

दुवै टोलीका बलरहरूले महत्वपूर्ण विकेट लिए पनि खेल जनकपुरको पक्षमा पुगेको थियो। यो जितसँगै जनकपुरले २ अंक जोडेर प्लेअफको प्रतिस्पर्धामा आफूलाई कायम राखेको छ, जबकि चितवनले लिगको तेस्रो पराजय भोगेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया