Nepal Life

तेस्रो दिन पनि सेयरबजारमा गिरावट, कारोबार रकम झनै खुम्चियो

NMB Bank
  • BFIS News
  • 2025 Dec 02 15:31
तेस्रो दिन पनि सेयरबजारमा गिरावट, कारोबार रकम झनै खुम्चियो
United Ajod

काठमाडौं । साताको तेस्रो कारोबार दिन मंगलबार पनि सेयरबजार सूचक नेप्से घटेको छ। मंगलबार नेप्से ०.५३ अंकले ओरालो लागेर २,६४४.७० विन्दुमा कायम भएको छ।

Shikhar
Nepal Life
NIMB

मंगलबार भएका ३२४ कम्पनीका सेयर कारोबारमध्ये ३८.५८ प्रतिशत कम्पनीका सेयरमूल्यमा वृद्धि भएको छ भने ३६.७२ प्रतिशत कम्पनीका सेयरमूल्य घटेका छन्। यसका साथै चार प्रतिशत कम्पनीका सेयरमूल्य स्थिर रहेका छन्।

कारोबार रकम पनि घट्यो

मंगलबार एक करोड ८ लाख १० हजार १०६ कित्ता सेयर ४ अर्ब ४८ करोड १३ लाख ९४ हजार रुपैयाँमा किनबेच भएको छ। यो रकम सोमबारको कारोबारभन्दा २३ करोड ५० लाख रुपैयाँले कम हो।

कुन–कुन समूह बढे, कुन घटे?

सूचीकृत समूहगत परिसूचकहरूमध्ये विकास बैंक, वित्त, जलविद्युत, उत्पादनशील, म्युचल फण्ड, निर्जीवन बीमा, व्यापार तथा अन्य समूहका सूचक बढेका छन्।
सबैभन्दा धेरै व्यापार समूह ०.७५ प्रतिशतले उकालो लागेको छ।

यता वाणिज्य बैंक, होटेल तथा पर्यटन, लगानी, जीवन बीमा तथा लघुवित्त समूहका परिसूचक भने घटेका छन्।

सबैभन्दा बढी कमाउने र गुमाउने

  • सबैभन्दा बढी कमाउने:

    • सागर डिष्टीलरी

    • स्वस्तिक लघुवित्त

    • झापा इनर्जी

  • सबैभन्दा धेरै गुमाउने:

    • ग्रीन भेन्चर्स लिमिटेड

    • स्ट्यान्डर्ड चार्टर्ड बैंक

    • एनआईसी एसिया सेलेक्ट फण्ड

सेयरबजार लगातार तेस्रो दिन घटेपछि लगानीकर्ता त्रसित देखिएका छन्, भने बजारमा तरलता अभाव र बिक्री चाप बढ्नुले सूचकमा दबाब परेको विश्लेषकहरूको धारणा छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया