आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
- BFIS News
- 2025 Dec 02 16:05
काठमाडौँ, मङ्सिर १६ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कालीकोट र कपिलवस्तुका स्थानीय तहका उच्च पदस्थ कर्मचारीहरूमाथि भ्रष्टाचार आरोपमा मुद्दा दायर गरेको छ। कालीकोटको नरहरिनाथ गाउँपालिकामा, तत्कालीन उपाध्यक्ष मनसोभा बुढा, निमित्त प्रमुख प्रशासकीय अधिकृत दुर्गालाल न्यौपाने र वडा नं. ७ का तत्कालीन वडाध्यक्ष दलबहादुर विश्वकर्मासमेत आठ जनामाथि भ्रष्टाचार मुद्दा दायर गरिएको छ।
आयोगका अनुसार, वडा नं. ७ स्थित ओख्रेनी ओडीखोला सिँचाइ कुलो निर्माणमा आर्थिक अनियमितता भएको थियो। सिँचाइ कुलो निर्माण समितिका अध्यक्षले काम नगरी रकम हिनामिना गर्नुका साथै श्रमिकलाई ज्याला नदिएको आरोप आयोगले लगाएको छ। यसमा समितिका अन्य पदाधिकारी र सबइन्जिनियरहरू समेत प्रतिवादी बनाइएको छ।
आयोगले तत्कालीन उपाध्यक्ष र अध्यक्ष विश्वकर्मालाई भ्रष्टाचार निवारण ऐनअनुसार कारबाहीको माग गरेको छ भने अन्य प्रतिवादीहरूलाई १९ लाख ४८ हजार ४८८ रुपैयाँ बिगो कायम गरेर कारबाहीको माग गरिएको छ।
त्यसैगरी, कपिलवस्तुको मायादेवी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत रामचन्द्र ढकाल, प्रमेश्वर यादव, कृष्णप्रसाद तिमिल्सिना र अन्य सात जनामाथि पनि सार्वजनिक सम्पत्तिको हानी र भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरिएको छ।
आयोगका अनुसार, प्रमुख अधिकृतहरूले पटक–पटक पेस्की रकम लिएर फस्र्योट नगरेका थिए र यसले ४६ लाख सात हजार तीन सय रुपैयाँभन्दा बढी सार्वजनिक सम्पत्तिमा हानी पुर्याएको छ। यसमा संलग्न अन्य कर्मचारीहरूलाई फरक–फरक बिगो कायम गरी कारबाहीको माग गरिएको छ।
अधिकारिहरूको समुहगत भ्रष्टाचार विरुद्ध आयोगको यो कदमले स्थानीय तहको पारदर्शिता र जवाफदेहिता सुनिश्चित गर्ने प्रयासको रूपमा देखिएको छ।"
![$adHeader[0]['title']](https://www.bfisnews.com/public/images/bigyapan/1774272772_1769061114-ss-nimb.gif)












.jpg)


प्रतिक्रिया