Nepal Life

सिद्धार्थ बैंकका सीईओ कडेलको कार्यकाल समाप्त, रामेश्वर प्रसाद बस्याल कायम मुकायम सीईओमा नियुक्त

NMB Bank
  • BFIS News
  • 2025 Dec 03 11:54
सिद्धार्थ बैंकका सीईओ कडेलको कार्यकाल समाप्त, रामेश्वर प्रसाद बस्याल कायम मुकायम सीईओमा नियुक्त
United Ajod

काठमाडौं। सिद्धार्थ बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुन्दर कडेलको चार वर्षे कार्यकाल समाप्त भएको छ। कार्यकाल पूरा गर्दै कडेल बैंकबाट बाहिरिएसँगै बैंकले नायब प्रमुख कार्यकारी अधिकृत (डेपुटी सीईओ) रामेश्वर प्रसाद बस्याललाई कायम मुकायम सीईओको जिम्मेवारी दिएको छ।

Shikhar
Nepal Life
NIMB

बस्याल २०७८ चैत १ गते सिद्धार्थ बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका थिए। चार दशकभन्दा लामो बैंकिङ अनुभव बोकेका उनले सिद्धार्थ बैंकभन्दा अघि नबिल बैंकमा विभिन्न व्यवस्थापकीय पदमा रही संचालन, मार्केटिङ, कर्जा तथा शाखा व्यवस्थापनजस्ता महत्वपूर्ण क्षेत्रमा काम गरिसकेका छन्।

सिद्धार्थ बैंकमा बस्यालले प्रत्यक्ष व्यवसाय क्षेत्रअन्तर्गत एसएमई तथा कन्ज्यूमर बैंकिङ, भ्याली रिसोर्सेस, काठमाडौं उपत्यका भित्र तथा बाहिरका विभिन्न शाखाहरूको नेतृत्व सम्हालीसकेका छन्। उनले बैंकका बस्तु तथा सेवाहरूको उच्चस्तरीय ब्रान्डिङ, प्रमोशन तथा कर्पोरेट अफेयर्सको जिम्मेवारीसमेत प्रभावकारी ढंगले निर्वाह गरेका छन्। साथै, बैंकको निक्षेप व्यवस्थापन क्षेत्रमा पनि उनको उल्लेखनीय योगदान रहँदै आएको छ। काठमाडौं–३१ मा स्थायी बसोबास गर्दै आएका बस्यालसँग व्यवस्थापनमा स्नातकोत्तर डिग्री रहेको बैंकले जनाएको छ।

चार दशक भन्दा लामो बैंकिङ अनुभवमा एक कार्यकाल प्रमुख कार्यकारी अधिकृतको रुपमा आफुलाई अब्बल सावित गरेका कडेलले सिद्धार्थ बैंकलाई जटिल आर्थिक अवस्थामा पनि सबल बनाउन सफल भएका छन्। उनको कार्यकालमा बैंकले डिजिटल बैंकिङ्गलाई नयाँ मोडमा पुर्याउन सफल भएको छ। खराव कर्जालाई व्यवस्थापन गरिरहेको बैंकले हरेक सूचकमा इन्ड्रष्ट्रि एभरेज भन्दा माथि राखेको छ। 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया