Nepal Life

एन आई सी एशियाका ग्राहकहरुलाई दृष्टि आई केयर सिष्टममा सेवा लिँदा २० प्रतिशतसम्म छुट

NMB Bank
  • BFIS News
  • 2025 Dec 03 14:49
एन आई सी एशियाका ग्राहकहरुलाई दृष्टि आई केयर सिष्टममा सेवा लिँदा २० प्रतिशतसम्म छुट
United Ajod

काठमाडौं। एन आई सी एशिया बैंकका ग्राहक महानुभावहरुले दृष्टि आई केयर सिष्टममा सेवा लिँदा विशेष छुट उपलब्ध हुने सम्बन्धमा हस्पिटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात यस बैंकका ग्राहक महानुभावहरुले काठमाडौंमा रहेको दृष्टि आई केयरमा उपलब्ध विभिन्न सेवाहरु उपयोग गरी डिजिटल भुक्तानी गर्दा २० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन्। 

Shikhar
Nepal Life
NIMB

यस हस्पिटलमा आँखा, नाक, कान तथा घाँटी सम्बन्धी उपचार गर्दा छुट सुविधा प्राप्त गर्न सक्नुहुनेछ । ENT and General Service अन्तर्गत OPD मा २० प्रतिशत तथा Investigation मा १० प्रतिशत छुट प्राप्त गर्न सक्नुहुनेछ । साथै, आँखा उपचार गर्दा OPD General २० प्रतिशत, Operation Charge, Surgery Package तथा Investigation मा ५ प्रतिशत, Laboratory मा १० प्रतिशत र Optical Products मा ७.५ प्रतिशत छुट सुविधा उपयोग गर्न सक्नेछन्। 

यस सुविधाको उपयोग गर्न ग्राहक महानुभावहरुले यस बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक (MoBank) एप मार्फत भुक्तानी गर्नुपर्ने छ । उक्त हस्पिटलसँगको यस सहकार्यले ग्राहक महानुभावहरुलाई स्वास्थ्य उपचारमा सहयोग हुनुको साथै, मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवद्र्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया