Nepal Life

फुङलिङ फाइनलमा प्रवेश, कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कप

NMB Bank
  • BFIS News
  • 2025 Dec 03 17:58
फुङलिङ फाइनलमा प्रवेश, कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कप
United Ajod

 फुङलिङ, मंसिर १७ – फुङलिङ नगरपालिकाले ताप्लेजुङमा जारी कञ्चनजङ्घा सेसेलुङ महिला गोल्ड कप फुटबल प्रतियोगिताको फाइनलमा स्थान बनाएको छ।

Shikhar
Nepal Life
NIMB

बुधबार सम्पन्न सेमिफाइनलको पहिलो खेलमा मैवाखोला गाउँपालिका लाई २–० गोल अन्तरले पराजित गर्दै फुङलिङले फाइनलमा प्रवेश गरेको हो। फुङलिङका लागि दोश्रो हाफको ११औँ मिनेटमा समीक्षा मगरले पहिलो गोल गर्नुभयो भने, इन्जुरी समयमा पुन: मगरले दोस्रो गोल थप्दै टिमलाई विजयी बनाउन सफल भइन्।

फुङलिङ टोली चार जना राष्ट्रिय खेलाडीसहित मैदानमा उत्रिएको थियो, जबकि मैवाखोलामा केवल पालिकाभित्रका खेलाडीहरू थिए।

दोस्रो सेमिफाइनल खेल बिहीबार पाथीभरा याङ्वरक गाउँपालिका र मेरिङदेन गाउँपालिका बीच हुँदैछ। यसको विजेताले फाइनलमा फुङलिङसँग भिड्नेछ। फाइनल खेल आगामी शनिबार आयोजना हुने छ।

प्रतियोगिताको विजेताले रु २ लाख २ हजार ८२, उपविजेताले रु १ लाख २ हजार ८२ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्। साथै, विधागत उत्कृष्ट खेलाडीलाई पनि नगद पुरस्कार प्रदान गरिने व्यवस्था गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया