Nepal Life

सिटिजन लाइफको पहिलो कारोबार ५०८ रुपैयाँबाट सुरु, शेयर बजार नै ओरालो झर्दा बढ्न सकेन

NMB Bank
  • BFIS News
  • 2023 Oct 01 11:34
सिटिजन लाइफको पहिलो कारोबार ५०८ रुपैयाँबाट सुरु, शेयर बजार नै ओरालो झर्दा बढ्न सकेन
United Ajod

काठमाडौँ । भर्खरै प्राथमिक शेयर निष्काशन गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर कारोबार सुरु भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) पहिलो कारोबारका लागि न्युनतम १७२.४३ रुपैयाँदेखि अधिकतम ५१७.२९ रुपैयाँ तोकेको थियो । ‘सीएलआई’ संकेतमा सिटिजनको सेयर कारोबार खुला भएको हो ।

Shikhar
Nepal Life
NIMB

प्रि-ओपनिङ सेसनमा पहिलो कारोबार ५०८ रुपैयाँमा म्याचिङ भएको थियो । पहिलो कारोबार ५०८ रुपैयाँमा भए पनि दोस्रो सेसनमा भने बढ्न सकेन । यहि नै अधिकतम मूल्य कायम भइ हालसम्ममा ८.५६ प्रतिशतले घटेर ४६५ रुपैयाँमा झरेको छ । 

आज अर्थात असोज १४ गते प्रि ओपनिङ सेसनमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ५०८ रुपैयाँमा खुला भएको हो । अब सोहि मूल्यलाई आधार मानेर नियमित कारोबार सुरु हुनेछ ।

सिटिजन लाइफले गत भदौ १५ गतेदेखि भदौ १९ गतेसम्म सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको थियो। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यमा १४४ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २४४ रुपैयाँमा ९० लाख कित्ता आईपीओ सर्वसाधारणका लागि बिक्री खुला गरेको थियो। 

यसरी प्रिमियममा निष्काशन भएको आइपिओ दोस्रो बजारमा भने बढ्न सकेका छैनन् । सुरुमै प्रिमियममा खरिद गरेकाले संस्थागत लगानीकर्ता, म्युचुअल फण्ड तथा सर्वसाधारणले पहिलो एक सातामै लगभग बिक्री गर्ने गरेका छन् । 

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया