Nepal Life

अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने कारण छैन : उपमहासचिव रिमाल

NMB Bank
  • BFIS News
  • 2025 Dec 05 13:04
अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने कारण छैन : उपमहासचिव रिमाल
United Ajod

काठमाडौँ, मङ्सिर १९ गते । नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमालले आगामी एघारौँ महाधिवेशनको सन्दर्भमा अध्यक्ष केपी शर्मा ओलीको विपक्षमा उभिनुपर्ने कुनै कारण नरहेको बताएका छन्।

Shikhar
Nepal Life
NIMB

प्रेस चौतारी नेपाल केन्द्रीय कार्यालयले बिहीबार आयोजना गरेको संवाद कार्यक्रममा रिमालले पार्टीभित्र नेतृत्व चयन लोकप्रियताभन्दा सामूहिक प्रणालीमा आधारित हुनुपर्ने बताए।
उनका अनुसार, “एघारौँ महाधिवेशन नेपालको कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउन, लोकतन्त्रलाई दीर्घजीवन दिन र संघीय लोकतान्त्रिक प्रणालीलाई स्थिर बनाउन महत्वपूर्ण छ। यस हिसाबले अहिले अध्यक्ष ओलीको विपक्षमा उभिनुपर्ने आवश्यकता म देख्दिनँ,” उनले भने।

रिमालले नीति र नेतृत्वमा समस्या नभएकाले व्यक्तिगत शैलीका आधारमा मात्र ‘चुनाव लड्छु’ भन्ने उपयुक्त नहुने धारणा राखे।
उहाँले कम्युनिष्ट पार्टीमा नेतृत्व छान्ने प्रक्रियाले ‘कति पटक नेता हुने’ वा ‘लोकप्रिय मान्छे नेता बन्ने’ भन्दा पनि सामूहिक नेतृत्व प्रणालीलाई स्थापित गर्न खोजिएको स्पष्ट पारे।

उनका अनुसार, “एकल नेतृत्व होइन, सामूहिक प्रणालीमा नयाँ नेतृत्व कसरी बसाल्ने भन्नेमा हामी केन्द्रित छौं।”

रिमालले एघारौँ महाधिवेशनपछि पनि अध्यक्षमा केपी शर्मा ओली नै रहने दाबी गर्दै भने, “टीम मेकिङको कुरा हो, र हाम्रो एक नम्बर नेता फाइनल भइसकेका छन्—अध्यक्ष केपी ओली नै हुनुहुन्छ। महाधिवेशनपछि पनि यही निर्णय रहनेछ।”

कार्यक्रममा प्रेस चौतारी नेपालका अध्यक्ष गणेश पाण्डेले सभापतित्व गरेका थिए भने प्रचार विभाग प्रमुख राजेन्द्र गौतमको समेत उपस्थिति थियो।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया