Nepal Life

प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक

NMB Bank
  • BFIS News
  • 2025 Dec 05 13:10
प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले सर्वपक्षीय बैठक
United Ajod

काठमाडौं, मङ्सिर १९ गते । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका विषयमा आज सर्वपक्षीय बैठक आह्वान गर्नुभएको छ। बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निवासमा बस्ने प्रधानमन्त्रीका सचिवालयले जनाएको छ

Shikhar
Nepal Life
NIMB

बैठकका लागि ‘जेनजी’ प्रतिनिधि, निर्वाचन आयोग, सुरक्षा निकायका प्रमुखहरू, तथा विभिन्न राजनीतिक दलका शीर्ष नेताहरूलाई आमन्त्रण गरिएको प्रधानमन्त्री कार्कीका प्रेस संयोजक रामबहादुर रावलले जानकारी दिए।
आमन्त्रण गरिएका दलीय प्रतिनिधिमा नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका दलका प्रमुख समावेश छन्।

सरकारले प्रतिनिधिसभा तथा राष्ट्रियसभा निर्वाचनलाई लक्षित गर्दै सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ। यसैबीच, निर्वाचन आयोगले दुवै निर्वाचनका लागि आवश्यक कार्यतालिका सार्वजनिक गरिसकेको छ।

यता, पुराना तथा नयाँ राजनीतिक दलहरूले पनि निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाइरहेका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया