Nepal Life

नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत

NMB Bank
  • BFIS News
  • 2025 Dec 05 13:18
नारायणगढ–बुटवल सडक, भौतिक प्रगति ७६ प्रतिशत
United Ajod

नवलपरासी, मङ्सिर १८ गते । नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। चौथो पटक म्याद थपिएको समयसीमाभित्र काम सक्ने लक्ष्यसहित हाल पूर्वी खण्डमा तीव्रगतिमा काम भइरहेको आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए।

Shikhar
Nepal Life
NIMB

पछिल्लो पटक थपिएको म्याद २०८३ असारमा सकिने भएकाले उपलब्ध समयभित्र सबै काम पूरा गर्न विभिन्न स्थानमा धमाधम कार्य भइरहेको छ। गैँडाकोटको जय श्री पुल, चोरमारा बजारको पुल, अरुणखोला पुल र दुम्किबास क्षेत्रमा कालोपत्र बाँकी छ भने अन्य अधिकांश स्थानमा कालोपत्रको काम सकिएको छ। चोरमारा र अरुणखोला पुल मात्र सञ्चालनमा आउन बाँकी रहेकाले ती क्षेत्रमा पनि निरन्तर काम भइरहेको छ।

कालोपत्र सकिएका बजार क्षेत्रमा सर्भिस लेन कालोपत्र, सडकबीचको डिभाइडर सफाइ तथा पहिले पातलो कालोपत्र भएको भागमा थप कालोपत्र गर्ने कार्य समेत जारी छ। पूर्वी खण्डकै दाउन्ने क्षेत्रमा पनि प्राथमिकता दिँदै काम अघि बढाइएको छ, जहाँ कल्भर्ट निर्माण अन्तिम चरणमा पुगेको र चैतसम्ममा बाँकी चौध प्रतिशत काम सक्नेगरि ढलान तथा संरचना निर्माण हुँदैछ।

नारायणगढ–बुटवल सडक विस्तार २०७५ माघ २४ गते सम्झौता भई २०७९ साउन २२ गते सम्पन्न गर्नेगरी चाइना स्टेट कन्स्ट्रक्सन कर्पोरेसन प्रालिले काम सुरु गरेको थियो। ११३ किलोमिटर लामो सडकलाई दुई खण्डमा विभाजन गरी विस्तार भइरहेको यस आयोजना समयमै नसकिँदा २०८१ साउन ८ गतेसम्म दोस्रो, २०८२ साउन ८ गतेसम्म तेस्रो र अहिले २०८३ असारसम्म चौथो पटक म्याद थपिएको हो। एसियाली विकास बैंक (एडिबी) को ऋण सहयोगमा अघि बढिरहेको यो आयोजनाको लागत १६ अर्ब ९९ करोड ५२ लाख ९६ हजार रुपैयाँ रहेको छ। ११३ किलोमिटरमध्ये ७० किलोमिटरमा चार लेन, २९ किलोमिटरमा चार लेनसहित दुवैतर्फ ६/६ मिटरको सर्भिस लेन र दाउन्ने क्षेत्रका १४ किलोमिटरमा तीन लेनको सडक निर्माण भइरहेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया