Nepal Life

सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Dec 07 09:47
सोलु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
United Ajod

काठमाडौँ, मंसिर २१ ।  सोलु हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि मंसिर ७ गतेदेखि खुला गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीलाई जारी पूँजी १० अर्ब रुपैयाँमध्ये २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता सेयर निष्काशन गर्न अनुमति प्रदान गरिएको थियो। सोमध्ये १ अर्ब रुपैयाँ बराबरका प्रतिकित्ता १०० रुपैयाँ दरका १ करोड साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्टयाइएको छ।

यस अन्तर्गत सोलु दूधकुण्ड नगरपालिका–७, ११ र थुलुङ दूधकोशी गाउँपालिका–१ का अत्यधिक प्रभावित स्थानीयका लागि ४० लाख कित्ता (४० प्रतिशत) सेयर छुट्याइएको छ। अन्य वडाका स्थानीयबासिन्दाका लागि भने ६० लाख कित्ता (६० प्रतिशत) सेयर विनियोजन गरिनेछ।

आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।

निष्काशनको क्रममा प्राप्त रेटिङ अनुसार इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले कम्पनीलाई ‘आईआरएन डबल बी’ इस्यूअर रेटिङ प्रदान गरेको छ, जसले कम्पनीको दायित्व बहन क्षमतामा औसत जोखिम रहेको संकेत गर्छ।

सोलु हाइड्रोपावरले निर्माण गरिरहेको ८२ मेगावाट क्षमताको तल्लो सोलु जलविद्युत् आयोजना १६ अर्ब ३० करोड ४० लाख रुपैयाँ लागतमा बनेको हो। यस आयोजनाको प्रतिमेगावाट लागत १९ करोड ८८ लाख रुपैयाँ रहेको छ। विद्युत् अनुमतिपत्रमा २५ वर्ष अवधि बाँकी छ भने लगानी फिर्ता अवधि ७.६८ वर्ष र डिस्काउण्टमा फिर्ता हुने अवधि १२.०९ वर्षका रूपमा उल्लेख गरिएको छ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ। स्थानीय बासिन्दा ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट दरखास्त फाराम भरी आवेदन दिन सक्नेछन्। आवेदन फारामका लागि २ रुपैयाँ शुल्क तोकिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया