Nepal Life

आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

NMB Bank
  • BFIS News
  • 2025 Dec 07 09:51
आशा लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
United Ajod

काठमाडौँ, मंसिर २१।  आशा लघुवित्त वित्तीय संस्था लिमिटेड (ALBSL) को लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। साधारण सभा तथा लाभांश वितरणका लागि कम्पनीले भोलि मंसिर २२ गते बुक–क्लोज गर्ने निर्णय गरेको छ।

Shikhar
Nepal Life
NIMB

बुक–क्लोजअघि आजसम्म नेप्सेमा सेयर कारोबार गरी कायम रहेका सेयरधनीहरुले लघुवित्तको आगामी साधारण सभामा सहभागी हुन र प्रस्तावित लाभांश प्राप्त गर्न सक्नेछन्।

लघुवित्तले पुस ४ गते शुक्रबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित होटल अरनिको प्रा.लि.मा गर्ने साधारण सभा दिउँसो २ बजेबाट सुरु हुनेछ।

सभाले चालू आर्थिक वर्षका लागि हाल कायम चुक्ता पूँजीको ९.५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव अनुमोदन गर्नेछ। साथै, अन्य लघुवित्तसँग मर्जर वा एक्विजिशन सम्बन्धी प्रक्रियामा अघि बढ्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने तथा नयाँ लेखापरीक्षक नियुक्त गर्ने एजेन्डा पनि सभामा प्रस्तुत गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया