Nepal Life

चार महिनामा अलैँची निर्यात दोब्बर, ३ अर्ब ९७ करोड बराबरको अलैँची बाहिरियो

NMB Bank
  • BFIS News
  • 2025 Dec 07 14:39
चार महिनामा अलैँची निर्यात दोब्बर, ३ अर्ब ९७ करोड बराबरको अलैँची बाहिरियो
United Ajod

काठमाडौँ, मङ्सिर २१ गते । चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि कात्तिकसम्मको चार महिनामा अलैँची निर्यात दोब्बरले वृद्धि भएको छ। भन्सार विभागका अनुसार यस अवधिमा १८ लाख २३ हजार केजी अलैँची निर्यात हुँदै ३ अर्ब ९७ करोड ४३ लाख ७३ हजार रुपियाँ आम्दानी भएको छ। गत वर्ष यति नै अवधिमा १२ लाख ६ हजार केजी मात्र निर्यात भई १ अर्ब ९० करोड ११ लाख २३ हजार रुपियाँ आम्दानी भएको थियो।

Shikhar
Nepal Life
NIMB

अन्तर्राष्ट्रिय बजारमा माग र मूल्य एकैसाथ बढेपछि निर्यातमा उल्लेख्य वृद्धि भएको अलैँची उत्पादक सङ्घले जनाएको छ। सङ्घका अध्यक्ष निर्मल भट्टराईका अनुसार यस वर्ष सिजनको सुरुमै मूल्य राम्रो पाइएकै कारण किसानले ढिला नगरी बिक्री गरे, जसले निर्यातलाई पनि बढायो। विगतमा मूल्य नबढ्दा किसानले भण्डारणमा राखेर पछि बेच्ने गरेका थिए।

सङ्घका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा अलैँचीको मूल्य प्रति मन (४० केजी) एक लाख पाँच हजार रुपियाँसम्म पुगेको छ। यस वर्ष उत्पादन १०–१५ प्रतिशतले बढ्ने अनुमान पनि गरिएको छ। उत्पादन वृद्धिसँगै निर्यात करिब ८ अर्ब रुपियाँसम्म पुग्ने प्रक्षेपण गरिएको छ। गत वर्ष अलैँची निर्यात सात अर्ब रुपैयाँमा सीमित थियो।

हाल मुलुकभर करिब २० हजार हेक्टर क्षेत्रमा अलैँची खेती हुँदै आएको छ र यसबाट वार्षिक करिब पाँच हजार मेट्रिक टन उत्पादन हुन्छ। नेपालमा उत्पादित अलैँची जर्मनी, भारत, इटाली, पाकिस्तान, अमेरिका लगायतका मुलुकमा निर्यात हुँदै आएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया