Nepal Life

गार्डियन माइक्रो लाइफले डाक्यो तेस्रो वार्षिक साधारण सभा, सत प्रतिशत हकप्रद शेयर जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 08 11:07
गार्डियन माइक्रो लाइफले डाक्यो तेस्रो वार्षिक साधारण सभा, सत प्रतिशत हकप्रद शेयर जारी गर्ने
United Ajod

काठमाडौं। गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारण सभा आगामी पुस १४ गते अपरान्ह ११:०० बजे होटेल एअपोर्ट, बिराटनगर, मोरङमा गर्ने निर्णय गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको सञ्चालक समितिको ४९औं बैठकले साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो। कम्पनीले लाभांश भने घोषणा गरेको छैन। साधारण सभाका प्रयोजनका लागि कम्पनीको शेयरधनी दर्ता पुस्तिका यहि मंसिर २९ गते एक दिनका लागि बन्द रहने जानकारी पनि दिइएको छ। शेयरधनी दर्ता पुस्तिका बन्द अवधिभित्र शेयर स्वामित्वमा हुने कुनै पनि परिवर्तन साधारण सभामा मान्य नहुने सूचनामा स्पष्ट गरिएको छ।

कम्पनीले आगामी साधारण सभामा आर्थिक प्रतिवेदन, नीतिगत निर्णयहरू, भविष्यका योजनाहरू र अन्य आवश्यक एजेन्डामा छलफल गर्ने जनाएको छ। कम्पनीले साधारणसभामा सत प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने विशेष प्रस्ता लैजाने भएको छ।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया