Nepal Life

इन्फ्राष्ट्रक्चर बैंकका सिइओ कृष्ण बहादुर अधिकारीको वार्षिक तलब सुविधा ६६ लाख एक हजार

NMB Bank
  • BFIS News
  • 2025 Dec 08 16:07
इन्फ्राष्ट्रक्चर बैंकका सिइओ कृष्ण बहादुर अधिकारीको वार्षिक तलब सुविधा ६६ लाख एक हजार
United Ajod

काठमाडौं। नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्ण बहादुर अधिकारीले वार्षिक तलब भत्ता बापत ६६ लाख एक हजार रुपैयाँ बुझेका छन्। अधिकारीले तलब बापत ६० लाख ३२ हजार, भत्ता बापत ५ लाख ५० हजार र सञ्चार खर्च बापत १९ हजार रुपैयाँ प्राप्त गरेका छन्।

Shikhar
Nepal Life
NIMB

उनले यस बाहेक नियम अनुसार मुनाफाबाट बोनस समेत प्राप्त गर्नेछन्। बैंकले नियम अनुसार अधिकारीको दुर्घटना तथा औषधोपचार खर्चको बीमा गरिदिएको छ।

बैंकले सहायक भाइस प्रेसिडेन्ट तह र सो भन्दा माथिका कर्मचारीहरुलाई आ.व. २०८१/०८२ मा तलब, भत्ता, सञ्चय कोष समेत २ करोड ९ लाख ८८ हजार ५१० रुपैयाँ भुक्तानी गरेको छ। उनिहरुलाई बैंकको नियम अनुसार इन्धन तथा मोवाईल खर्च सुविधा प्रदान गरिएको छ।

अन्य भत्ता तथा सुविधाहरु बैंकको कर्मचारी सेवा विनियमावली र आर्थिक प्रशासन विनियमावली एवं सञ्चालक समितिले समय समयमा निर्णय गरे बमोजिम प्रदान गर्ने गरिएको बैंकले जनाएको छ।

आ.व. २०८१/८२ को कुल कर्मचारी खर्च २६ करोड ६८ लाख रहेको छ। यस रकममा बोनस व्यवस्था बापतको १९ करोड ६२ लाख ६८ हजार रुपैयाँ समेत समावेस गरिएको बैंकले जनाएको छ ।

बैंकले आर्थिक वर्ष २०८१/८२ मा सञ्चालक समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकहरुलाई उपलब्ध गराईएको बैठक भत्ता बापत १६ लाख ३५ हजार रुपैया भुक्तानी गरेको छ।

सञ्चालक स्तरिय अन्य समितिको बैठकमा उपस्थित भए वापत सञ्चालकहरुलाई ७ लाख ९२ हजार प्रदान गरिएको बैंकले उल्लेख गरेको छ। यसरी सञ्चालकहरुलाई कुल २४ लाख २७ हजार रुपैयाँ भुक्तानी गरिएको छ।

यसका अतिरिक्त बैंकको चौंथो वार्षिक साधारण सभाबाट स्वीकृत भए बमोजिम सञ्चालकहरुलाई संचार/यातायात र पत्रपत्रिका बापत प्रति सञ्चालक मासिक एकमुष्ठ १० हजार रुपैयाँ प्रदान गरिएको बैंकले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया