Nepal Life

नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १ अर्ब २३ करोड मुनाफा आर्जन, विभिन्न पूर्वाधार परियोजनामा व्यापक लगानी

NMB Bank
  • BFIS News
  • 2025 Dec 08 16:29
नेपाल इन्फ्रास्ट्रक्चर बैंकले १ अर्ब २३ करोड मुनाफा आर्जन, विभिन्न पूर्वाधार परियोजनामा व्यापक लगानी
United Ajod

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (NIFRA) ले आर्थिक वर्ष २०८१/८२ मा एक अर्ब २३ करोड रुपैयाँ मुनाफा आर्जन गरेको छ। बैंकले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार सो अवधिमा बैंकले २ अर्ब ४७ करोड रुपैयाँ कुल व्याज आम्दानी गर्न सफल भएको छ।

Shikhar
Nepal Life
NIMB

बैंकको हालसम्मको कुल सम्पत्ति ४१ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। यस अनुकूल, बैंकको प्रतिशेयर खुद सम्पत्ति (NAV) ११९.२८ रुपैयाँ रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार यहि असोज ३१ गतेसम्ममा बैंकले जलविद्युत, सौर्य उर्जा, स्वास्थ्यका परियोजनाहरु, सूचना उद्योगका परियोजनाहरु र उद्योगका परियोजनामा लगानी गरेको छ। बैंकले हालसम्ममा ४५ अर्ब ४२ करोड रुपैयाँ बराबरको कर्जा स्वीकृत गरिसकेको छ भने २६ अर्ब ३७ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ। 

जलविद्युतका परियोजनाहरु: ८६६ मे.वा. उत्पादन क्षमता भएका १९ वटा जलविद्युत परियोजनाहरुमा गरिएको कर्जा लगानीमध्ये ६ बटा परियोजनाहरु संचालनमा आई २१२ मे.वा. विद्युत राष्ट्रिय प्रसारण लाइनमा जोडिसकिएका छन्। यस क्षेत्रमा बैंकले २५ अर्ब ५० करोड रुपैयाँ कर्जा स्वीकृत गरेको छ भने १३ अर्ब ७५ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।

पर्यटनका परियोजनाहरु: जम्मा ५२७ शयन कक्ष भएका ७ बटा तारे होटेल/रिसोर्ट र २ बटा स्काई वाक परियोजनाहरुमा गरिएको कर्जा लगानीमध्ये २८३ शयन कक्ष भएका ३ बटा होटेलहरु र २ वटै स्काई वाक सञ्चालनमा आइसकेका छन्। यस क्षेत्रमा बैंकले ५ अर्ब १३ करोड रुपैयाँ कर्जा स्वीकृत गरिसकेको छ भने ४ अर्ब २० करोड प्रवाह गरिसकेको छ।

सौर्य ऊर्जाका परियोजनाहरु: १७० मे.वा. उत्पादन क्षमता भएका ७ बटा सौर्य ऊर्जाका परियोजनाहरुमा गरिएको कर्जा लगानीमध्ये ४ बटा परियोजनाहरु निर्माणको चरणमा गईसकेका छन्। यस क्षेत्रमा बैंकले २ अर्ब ८५ करोड रुपैयाँ कर्जा स्वीकृत गर्नुका साथै २२ करोड लगानी गरिसकेको छ।

स्वास्थ्यका परियोजनाहरु: १९२५ शैय्या क्षमता भएका ६ वटा मल्टि स्पेसियालिटी हस्पिटल परियोजनाहरुमा गरिएको कर्जा लगानीमध्ये ८५० शैय्या भएका ३ बटा हस्पिटलहरु सञ्वालनमा रहेका छन्। स्वास्थ्यका परियोजनाहरुमा बैंकले ७ अर्ब ३० करोड रुपैयाँ कर्जा स्वीकृत गरेको छ भने ४ अर्ब ८० करोड लगानी गरेको छ।

सूचना प्रविधिका परियोजनाहरु: २ बटा इन्टरनेट सेवा प्रदायक कम्पनीहरुको क्षमता विस्तार र १ बटा डाटा सेन्टर निर्माणका लागि गरिएको कर्जा लगानी मध्ये इन्टरनेट सेवा प्रदायकहरुले विस्तारित क्षमतामा सेवा प्रदान गरिरहेका छन् । यस क्षेत्रमा एक अर्ब ६० करोड रुपैयाँ कर्जा स्वीकृत गरिसकेको छ भने एक अर्ब ४० करोड रुपैयाँ प्रवाह गरिसकेको छ।

उद्योगका परियोजनाहरु: ३ लाख ६५ हजार मेट्रिक टन प्रतिमहिना उत्पादन क्षमता भएको १ स्टील उद्योग र भैरहवा विशेष आर्थिक क्षेत्रमा १ तयारी पोषाक उत्पादन गर्ने कारखानामा कर्जा स्वीकृत भई परियोजनाहरु निर्माण शुरु गरिएका बैंकले जनाएको छ। यसैगरी २९५० टन प्रतिदिन क्लिङ्कर उत्पादन गरिरहेको १ सिमेन्ट परियोजनामा कर्जा लगानी भई परियोजना संचालनमा आइसकेको छ। यस क्षेत्रमा ४ अर्ब रुपैयाँ कर्जा स्वीकृत गरेको छ भने २ अर्ब लगानी गरेको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया