Nepal Life

पाचथर पावरले हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन, १०० प्रतिशत जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 09 11:10
पाचथर पावरले हकप्रद निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन, १०० प्रतिशत जारी गर्ने
United Ajod

काठमाडौँ। पाचथर पावर कम्पनीले सत प्रतिशत हकप्रद शेयर निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दएको छ। कम्पनीले यहि मंसिर १७ गते बोर्डमा आवेदन दिएको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले आफ्ना विद्यमान शेयरधारकलाई १:१ अनुपातमा कुल ९६,२५,००० कित्ता हकप्रद शेयर जारी गर्ने भएको छ। यसमार्फत रु. ९६.२५ करोड बराबरको पूँजी संकलन गर्ने तयारी गरिएको छ।

हाल कम्पनीको चुक्ता पुँजी ९६ करोड २५ लाख रुपैयाँ रहेको छ। प्रस्तावित हकप्रद शेयर निष्कासन तथा समायोजनपछि कम्पनीको चुक्ता पुँजी १ एक अर्ब ९२ करोड पुग्नेछ।

यस हकप्रद शेयर जारी तथा बिक्री व्यवस्थापकका रूपमा सानिमा क्यापिटल लिमिटेड नियुक्त गरिएको छ। नेपाल धितोपत्रबाट स्वीकृति प्राप्त भएपछि मात्र कम्पनीले हकप्रद शेयर जारी प्रक्रियालाई अगाडि बढाउनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया