Nepal Life

बीमा सर्भेयरको तालिम लिएर लाइसेन्स लिन छुटेकालाई अर्को अवसर, अनलाइनबाटै आवेदन दिन सकिने

NMB Bank
  • BFIS News
  • 2023 Oct 01 17:03
बीमा सर्भेयरको तालिम लिएर लाइसेन्स लिन छुटेकालाई अर्को अवसर, अनलाइनबाटै आवेदन दिन सकिने
United Ajod

काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा सर्भेयरको तालिम लिएर लाइसेन्स लिन छुटेका तथा विविध कारणले लाइसेन्स रद्द भएकालाई फेरी अर्को एक मौका दिने भएको छ । प्राधिकरणले यसरी लाइसेन्स लिन नपाएका तथा छुटेका सर्भेयरलाई परीक्षा लिने भएको हो ।

Shikhar
Nepal Life
NIMB

बीमा ऐन २०७९ जारी भए पश्चात बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजतपत्र दिने व्यवस्था बमोजिम बीमा प्राधिकरणबाट सर्भेयरको तालिम लिइ इजाजतपत्र लिन बाँकी रहेका व्यक्तिहरुले सर्भेयरको परीक्षाका लागि ५०० रुपैयाँ दस्तुर भुकतानी गरेर अनलाइन प्रणालीबाटै रिजिष्ट्रर गर्न पाउने भएका हुन् ।

प्राधिकरणले लिन्क लिन्क मा गइ माग भए बमोजिमको विवरण भ्न सकिनेछ । यस्ता सर्भेयरले असोज २१ गतेसम्म विवरण रजिष्ट्रर गर्न सक्ने छन् । प्राधिकरणले आगामी असोज २४ गते विहान ११ बजेदेखि साढे १२ बजेसम्म परीक्षा सञ्चालन गर्ने छन् । परीक्षा अनलाइन प्रणालीबाट हुनेछ ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया