Nepal Life

रिज लाइन इनर्जीले पायो आइपिओ निष्काशनको अनुमति, एक करोड १८ लाख कित्ता जारी गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 09 11:45
रिज लाइन इनर्जीले पायो आइपिओ निष्काशनको अनुमति, एक करोड १८ लाख कित्ता जारी गर्ने
United Ajod

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले रिज लाइन इनर्जी लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) प्रस्ताव स्वीकृत गरेको छ। बोर्डले यहि मङ्सिर २२ कम्पनीलाई एक करोड १८ लाख ५० हजार कित्ता शेयर निष्काशन गर्ने अनुमति प्रदान गरेको हो।

Shikhar
Nepal Life
NIMB

कम्पनीले सर्वसाधारण नेपालीका लागि प्रति कित्ता एक सय रुपैयाँको दरले १ करोड १८ लाख ५० हजार कित्ता सेयर जारी गर्नेछ। आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रूपमा प्रभु क्यापिटल लिमिटेड नियुक्त गरिएको छ।

यसअघि केयर रेटिङ्स नेपाल लिमिटेडले रिज लाइन इनर्जी लिमिटेडको इस्युअर रेटिङ CARE-NP BB (Is) मा अपग्रेड गरेको छ, जुन पहिले CARE-NP BB- (Is) थियो। यो रेटिङले कम्पनीमा ‘मध्यम जोखिम’ रहेको संकेत गर्छ। यस्तै, कम्पनीका दीर्घकालीन बैंकिङ सुविधाको रेटिङ पनि CARE-NP BB- बाट CARE-NP BB मा उकासिएको छ।

सुपर चेपे जलविद्युत् परियोजना निर्माण

रिज लाइन एनर्जी लिमिटेड (RIDGE) लाई २०१७ डिसेम्बर २८ मा पब्लिक लिमिटेड कम्पनीको रूपमा दर्ता गरिएको थियो। व्यक्तिगत प्रवर्द्धकहरूद्वारा स्थापित यस कम्पनीले ९.०५ मेगावाट क्षमताको सुपर चेपे जलविद्युत् परियोजना (SCHP) विकास गरिरहेको छ। परियोजना गोरखा जिल्लाको अजिरकोट गाउँपालिकामा अवस्थित छ र BOOT (Build, Own, Operate and Transfer) मोडलमा निर्माण भइरहेको छ। आईपीओ स्वीकृत भएपछि अब कम्पनीले आवश्यक प्रक्रियासहित सार्वजनिक निष्कासनको तयारी थाल्नेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया