Nepal Life

बाढी पहिरोका कारण निर्जीवन बीमा कम्पनीहरूमा ४ अर्ब ४ करोडको दाबी, एक करोड ८८ लाख मात्रै भुक्तानी

NMB Bank
  • BFIS News
  • 2025 Dec 09 17:08
बाढी पहिरोका कारण निर्जीवन बीमा कम्पनीहरूमा  ४ अर्ब ४ करोडको दाबी, एक करोड ८८ लाख मात्रै भुक्तानी
United Ajod

काठमाडौं। असोज १८ गतेदेखि देशका विभिन्न क्षेत्रमा परेको अविरल वर्षा, बाढी तथा पहिरोले ठूलो भौतिक क्षति पुर्‍याउने क्रममा निर्जीवन बीमा कम्पनीहरुमा ७८१ वटाको दाबी परेको नेपाल बीमा प्राधिकरणले जनाएको छ। निर्जीवन बीमा कम्पनीहरूमा दर्ता भएका ती दाबीको प्रारम्भिक अनुमानित क्षति करिब रु. ४ अर्ब ४ करोड रहेको प्राधिकरणले जनाएको छ। कार्यकारी निर्देशक तथा प्रवक्ता सुशील देव सुवेदीका अनुसार सो मध्ये हालसम्म ६७ वटा दाबीका लागि करिब रु. १ करोड ८८ लाख बीमितलाई भुक्तानी गरिएको छ।

Shikhar
Nepal Life
NIMB

सम्पत्ति बीमामा सबैभन्दा धेरै दाबी

१३ वटा निर्जीवन बीमा कम्पनी तथा २ वटा लघु निर्जीवन बीमा कम्पनीबाट प्राप्त अद्यावधिक तथ्याङ्क अनुसार सम्पत्ति बीमातर्फ मात्रै ४१० दाबी दर्ता भएका छन्। ती दाबीको रकम करिब रु. ३ अर्ब ४५ करोड ३५ लाख छ। यसमध्ये हालसम्म २० दाबीका लागि करिब रु. ८३ लाख भुक्तानी भएको समितिले जनाएको छ।

इन्जिनियरिङ, कृषि र मोटर बीमा

इन्जिनियरिङ तथा ठेक्का जोखिम बीमातर्फ १०६ दाबी दर्ता भएका छन्, जसको अनुमानित क्षति करिब रु. ५० करोड ३७ लाख छ। यससम्बन्धी ६ दाबीका लागि करिब रु. २ लाख भुक्तानी गरिएको छ।

कृषि तथा बाली बीमातर्फ २१० दाबी दर्ता भएका छन्। करिब रु. ४ करोड १४ लाखको क्षतिको अनुमान बीच ३१ दाबीका लागि करिब रु. १३ लाख भुक्तानी भएको समितिले जनाएको छ।

त्यस्तै, मोटर बीमा (निजी) तर्फ ४० दाबी दर्ता भएका छन्। करिब रु. ३ करोड क्षतिको अनुमानित रकममध्ये ९ दाबीका लागि करिब रु. ८७ लाख भुक्तानी गरिएको छ।

सामुद्रिक तथा सार्वजनिक मोटर बीमा

सामुद्रिक बीमातर्फ ३ दाबी दर्ता भएका छन्, जसको करिब रु. १० लाख क्षतिको अनुमान छ। तीमध्ये एक दाबीका लागि करिब रु. ३ लाख भुक्तानी गरिएको छ।

मोटर बीमा (सार्वजनिक) तर्फ १० दाबी दर्ता भएका छन्, जसको अनुमानित क्षति करिब रु. १ करोड ८ लाख छ भने लघु बीमातर्फ दर्ता भएका २ दाबीका करिब रु. १२ लाख भुक्तानी हुन बाँकी रहेको समितिले जनाएको छ। प्रवक्ता सुवेदीका अनुसार बाँकी दाबीहरूको मूल्यांकन तथा भुक्तानी प्रक्रिया द्रुत गतिमा अगाडि बढाइँदै छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया