Nepal Life

सिटिजन लाइफको बम्पर लाभांश घोषणा, २० प्रतिशत नगद लाभांश वितरण गर्दै

NMB Bank
  • BFIS News
  • 2025 Dec 10 10:54
सिटिजन लाइफको बम्पर लाभांश घोषणा, २० प्रतिशत नगद लाभांश वितरण गर्दै
United Ajod

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षबाट आर्जित मुनाफामध्येबाट शेयरधनीहरूलाई आकर्षक नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनीको मंसिर २४ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पुँजीको २० प्रतिशत (करसहित) नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो। उक्त लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृति तथा आगामी वार्षिक साधारण सभाको अनुमोदनपछि शेयरधनीलाई वितरण गरिनेछ।

सिटिजन लाइफले यसअघि पनि निरन्तर लाभांश वितरण गर्दै आएको छ। कम्पनीले गत वर्ष २६.९८ प्रतिशत बोनस शेयर वितरण गरेको थियो भने त्यसअघिल्लो वर्ष ५ प्रतिशत बोनस शेयर प्रदान गरेको थियो। यसरी कम्पनीले तीन वर्षको अवधिमा कूल ५४ प्रतिशत लाभांश वितरण गरिसकेको छ।

इन्स्योरेन्स क्षेत्रका लगानीकर्ताका लागि निरन्तर लाभांश वितरणले सिटिजन लाइफ आकर्षक कम्पनीका रूपमा स्थापित हुँदै गएको देखिन्छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया