Nepal Life

नेपाल लाइफ इन्स्योरेन्सको २१.०५% लाभांश घोषणा, शेयरधनीलाई एक अर्ब ९० करोड वितरण गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 11 11:19
नेपाल लाइफ इन्स्योरेन्सको २१.०५% लाभांश घोषणा, शेयरधनीलाई एक अर्ब ९० करोड वितरण गर्ने
United Ajod

काठमाडौं, मंसिर २५ — नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड (NLIC) ले आर्थिक वर्ष २०८१/८२ का लागि आफ्ना सेयरधनीहरूलाई आकर्षक लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको सञ्चालक समितिको ४०४औं बैठकले विद्यमान चुक्ता पूँजी ९ अर्ब २ करोड रुपैयाँको २१.०५ प्रतिशत बराबर करिब १ अर्ब ९० करोड रुपैयाँ लाभांश वितरण गर्ने निर्णय गरेको हो।

Shikhar
Nepal Life
NIMB

घोषित लाभांशमध्ये १६.०५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थसहित) र ५ प्रतिशत बोनस सेयर रहेको छ। कम्पनीका अनुसार बोनस सेयर जारी भएपछि कम्पनीको चुक्ता पूँजी ९ अर्ब ४७ करोड रुपैयाँ पुग्नेछ, जुन जीवन बीमा कम्पनीहरूमध्येकै उच्च हुनेछ।

यो लाभांश वितरण प्रस्ताव नेपाल बीमा प्राधिकरणको स्वीकृति र आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र कार्यान्वयन हुनेछ।

बुधबारसम्मको शेयर मूल्य प्रतिकित्ता रु. ८२२.८० मा बन्द भएको थियो। कम्पनीले बोनस सेयरसँगै नगद लाभांशसमेत वितरण गर्ने भएकाले पछिल्लो समयको आर्थिक मन्दी र व्यवसायमा देखिएको क्यास फ्लो अभावका बीच सेयरधनीहरूलाई केही राहत पुग्ने अपेक्षा गरिएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया