Nepal Life

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ प्रतिशत नगद लाभांश घोषणा, शेयरधनीले १५ करोड १४ लाख पाउने

NMB Bank
  • BFIS News
  • 2025 Dec 11 11:30
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ५ प्रतिशत नगद लाभांश घोषणा, शेयरधनीले १५ करोड १४ लाख पाउने
United Ajod

काठमाडौं। आईजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ का लागि ५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। कम्पनीको मंसिरमा बसेको ३९औँ सञ्चालक समिति बैठकले करसहित कुल ५ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको हो, जसको रकम करिब रु. १५.१४ करोड पर्न आउँछ।

Shikhar
Nepal Life
NIMB

आईजीआईको हालको चुक्ता पूँजी रु. ३.०२ अर्ब रहेको छ प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरण र आगामी वार्षिक साधारणसभाको अनुमोदनपछि मात्र वितरणमा जानेछ।

कम्पनीका अनुसार लाभांश वितरणले सेयरधनीको प्रतिफल वृद्धि गर्ने र बजारमा कम्पनीको विश्वसनीयता थप मजबुत बनाउने अपेक्षा गरिएको छ। 

मर्जर पछि कम्पनीले लगातार नगद लाभांश वितरण गरिरहेको छ। मर्जर पछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब २ करोड रहेको छ। बीमा कम्पनीहरुले मुनाफाको ठुलो रकम जगेडा कोषमा सुरक्षित गर्दै आइरहेका छन्। यस वर्ष ठुलो रकम जेनजी आन्दोलनका क्रममा भएको क्षतिमा भुक्तानी गर्नु परेको छ। यद्यपी यो मुनाफा गत वर्षको भएकाले यस वर्ष नगद लाभांश वितरणगर्न सफल भएको हो।  

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया