Nepal Life

रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले प्राप्त गर्‍यो पूर्ण मर्चेन्ट बैंकिङ् स्वीकृति

NMB Bank
  • BFIS News
  • 2025 Dec 11 20:14
रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटलले प्राप्त गर्‍यो पूर्ण मर्चेन्ट बैंकिङ् स्वीकृति
United Ajod

काठमाडौँ । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको पूर्ण स्वामित्वमा स्थापित रिलायबल इन्भेष्टमेन्ट एण्ड मर्चेन्ट क्यापिटल लिमिटेडले धितोपत्र बजार सम्बन्धी सबै प्रकारका मर्चेन्ट बैंकिङ्ग सेवा संचालन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट पूर्ण स्वीकृति प्राप्त गरेको छ।

Shikhar
Nepal Life
NIMB

कम्पनी ऐन, २०६३ अनुसार २०७८ असोज १० गते पब्लिक कम्पनीका रूपमा दर्ता भएको रिलायबल क्यापिटले धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)का सीमित कार्यका लागि पहिलो अनुमति २०८० साउन २९ गते प्राप्त गरेको थियो। त्यसपछि सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम योजना व्यवस्थापक तथा डिपोजिटरीको रूपमा कार्य गर्न २०८१ मंसिर २ गते दोस्रो अनुमति प्राप्त गर्‍यो। सेबोनले २०८२ मंसिर २३ गते कम्पनीलाई मर्चेन्ट बैंकरका सम्पूर्ण कार्य गर्न अन्तिम स्वीकृति दिएको हो।

हाल कम्पनीले धितोपत्र निष्काशन तथा बिक्री प्रबन्ध, शेयर रजिष्टेशन, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन तथा सामूहिक लगानी कोषका योजना व्यवस्थापक र डिपोजिटरीका रूपमा सेवा प्रदान गर्दै आएको छ।

यसैबीच, धितोपत्र बजार तथा बैंकिङ क्षेत्रमा ३० वर्षभन्दा बढी अनुभव रहेका भिष्म राज चालिसेलाई कम्पनीले २०८२ भदौ २७ गतेदेखि चार वर्षका लागि प्रमुख कार्यकारी अधिकृत (CEO)मा नियुक्त गरेको जनाएको छ। कार्यभार सम्हालेपछि उनले अनुभव, दक्षता, नियामक निकायका निर्देशिका तथा आधुनिक प्रविधिको अधिकतम उपयोगमार्फत कम्पनीलाई नयाँ उचाइमा पुर्‍याउने लक्ष्य रहेको बताए।

साथै, कम्पनीले २०८२ मंसिर १२ गते चौथो वार्षिक साधारण सभा सम्पन्न गरिएको सूचना अधिकारी तथा वरिष्ठ सहायक महाप्रबन्धक दिपेन्द्र कडरियाले जनाएका छन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया