Nepal Life

सुन र चाँदीको मूल्यमा भारी वृद्धि, चाँदीको मूल्यले नयाँ रेकर्ड बनायो

NMB Bank
  • BFIS News
  • 2025 Dec 12 11:25
सुन र चाँदीको मूल्यमा भारी वृद्धि, चाँदीको मूल्यले नयाँ रेकर्ड बनायो
United Ajod

काठमाडौँ । मंसिर २६ गते, शुक्रबार, नेपाली बजारमा सुन–चाँदीको मूल्यमा उल्लेखनीय वृद्धि भएको छ। सुन प्रतितोला ३ हजार ५०० रुपैयाँले बढ्दा चाँदी प्रतितोला १०० रुपैयाँले उक्लिएर नयाँ रेकर्ड कायम गरेको छ।

Shikhar
Nepal Life
NIMB

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला २ लाख ५६ हजार ६०० रुपैयाँमा कारोबार भएको छ। अघिल्लो दिन बिहीबार सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १०० रुपैयाँ थियो।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १०० रुपैयाँले बढेर प्रतितोला ३ हजार ९०५ रुपैयाँ पुगेको छ, जुन हालसम्मकै उच्च मूल्य हो। बिहीबार चाँदी प्रतितोला ३ हजार ८०५ रुपैयाँमा कारोबार भएको थियो।

चाँदीले निरन्तर वृद्धि गर्दै आफ्नो विगतको रेकर्ड तोडेर नयाँ मूल्य स्तर स्थापित गरेको महासंघले जनाएको छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया