Nepal Life

साना किसान विकास लघुवित्तले पुस २५ गते डाक्यो वार्षिक साधारणसभा, १५ प्रतिशत लाभांश पारित गर्ने

NMB Bank
  • BFIS News
  • 2025 Dec 12 20:39
साना किसान विकास लघुवित्तले पुस २५ गते डाक्यो वार्षिक साधारणसभा, १५ प्रतिशत लाभांश पारित गर्ने
United Ajod

काठमाडौं। साना किसान विकास लघुवित्त वित्तीय संस्थाले आगामी पुस २५, २०८२ गते आफ्नो २४औँ वार्षिक साधारण सभा गर्ने भएको छ। सभा काठमाडौंको बाबरमहलस्थित कार्की बैंक्वेटमा आयोजना हुने संस्थाले जनाएको छ।

Shikhar
Nepal Life
NIMB

संस्थाको कात्तिक २६ गते बसेको ७३औँ सञ्चालक समिति बैठकले आर्थिक वर्ष २०८१/८२ का लागि १४.२५% बोनस सेयर (करीब ६१.४५ करोड रुपैयाँ) तथा ०.७५% नगद लाभांश (कर प्रयोजनका लागि, करीब ३.२३ करोड रुपैयाँ) वितरण गर्ने प्रस्ताव गरेको छ। हाल संस्थाको भुक्तानी पूँजी ४.३१ अर्ब रुपैयाँ रहेको छ।

यसबाहेक, सभाले लेखा परीक्षण प्रतिवेदन, नाफा–नोक्सान हिसाब, वित्तीय विवरण र नगद प्रवाह विवरण अनुमोदन गर्ने तथा आर्थिक वर्ष २०८२/८३ का लागि लेखा परीक्षक नियुक्त गर्ने एजेन्डा पनि समावेश गरिएको छ।

यसका लागि बुक क्लोजर मिति पुस ९ तोकिएको छ। पुस ९ भन्दा अघि नाम दर्ता भएका सेयरधनीहरूले प्रस्तावित लाभांश प्राप्त गर्न तथा साधारणसभामा उपस्थित हुन पाउनेछन्।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया