Nepal Life

बाणिज्य बैंकहरुको औषत लाभांश १० प्रतिशत माथि, ७ वटाको घोषणा हुन बाँकी

NMB Bank
  • BFIS News
  • 2025 Dec 13 08:36
बाणिज्य बैंकहरुको औषत लाभांश १० प्रतिशत माथि, ७ वटाको घोषणा हुन बाँकी
United Ajod

काठमाडौं। लाभांश वितरण गर्ने बैंकहरुको औषत लाभांश बैंकहरुको व्याजदर भन्दा आकर्षक देखिएको छ। अहिलेको परिस्थितिमा बाणिज्य बैंकहरुको इन्भेष्टमेन्ट रिटर्न औषतमा राम्रो देखिएको हो। अहिलेसम्म १२ वटा बैंकहरुले घोषणा गरेको लाभांश हेर्दा औषतमा १०.७८ प्रतिशत देखिएको छ।

Shikhar
Nepal Life
NIMB

कुमारी बैंकले लाभांश नदिने निर्णय गरिसकेको छ भने बाँकी ७ वटाले घोषणा गर्न बाँकी छ। उक्त ७ मध्ये अधिकाम्सको अवस्था लाभांश वितरण गर्न सक्ने देखिदैन। गत वर्ष जम्मा ११ वटा बाणिज्य बैंकले मात्रै लाभांश वितरण गरेका थिए। उनिहरुको औषत लाभांश ९.२२ प्रतिशत थियो।

नेपाल राष्ट्र बैंकको कडा नीतिका कारण अधिकाम्स बाणिज्य बैंकहरुको लाभाश क्षमता खुम्चिएको छ। यस्तो नीतिका कारण शेयरधनीले तत्काल लाभांश पाउन नसके पनि उनिहरुको जगेडा कोषमा जम्मा भएको रकमलाई हेर्दा उनिहरुले भविष्यमा राम्रो लाभांश दिन सक्ने देखिन्छ।

यस वर्ष सबैभन्दा धेरै लाभांश एभरेष्ट बैंकको रहेको छ। बैंकले ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद सहित कुल २० प्रतिशत लाभांश वितरण गरेको छ। त्यस्तै स्ट्याण्डर्ड चार्टर्ड बैंकले दोस्रो धेरै १९ प्रतिशत नगद लाभांश वितरण गरिसकेको छ।

तेस्रो धेरै नबिल बैंकले १२.५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ। बैंकको लाभांश अहिले शेयर खरिद गर्नेले पनि पाउन सक्नेछन्। हाल बैंकको शेयर मूल्य ४९५ रुपैयाँ रहेको छ। यसरी थोरै लगानीमा बैंकको शेयर खरिद गर्दा नगद सँगै भविष्यमा पूँजीगत लाभ पनि राम्रो पाउन सकिन्छ।

लक्ष्मी सनराइज, एनएमबी र सिद्धार्थ बैंकले यस वर्ष १०.५३ प्रतिशत लाभांश दिएका छन्। कृषि विकास बैंकको ९.२५ प्रतिशत रहेको छ भने नेपाल एसबिआइको ९ प्रतिशत लाभांश छ। माछापुच्छ्र बैंक र ग्लोबल आइएमई बैंकले ८ प्रतिशत लाभांश दिएका छन्। सानिमा बैंकको ७.३६ प्रतिशत र सिटिजन बैंकको ५.२६ प्रतिशत लाभांश रहेको छ।

लाभांश वितरण गर्न बाँकी एनआइसी एशिया, नेपाल बैंक र हिमालयन बैंकको लाभांश यस वर्ष पनि आउने सम्भावना छैन। त्यस्तै नेपाल इन्भेष्टमेन्ट र प्रभुले थोरै भए पनि लाभांश वितरण गर्ने प्रयास गरिरहेका छन्। वित्तीय विवरण हेर्दा प्राइम कमर्सियल बैंकको पनि राम्रो लाभांश दिन सक्ने देखिन्छ। यद्यपी बैंकले अहिलेसम्म घोषणा गरेको छैन।

शेयर बजारमा सूचिकृत कम्पनी मध्ये बाणिज्य बैंकहरुको लाभांश वितरण सन्तोषजनक नै छ। यद्यपी सबैको शेयर सप्लाइ अधिक हुँदा दोस्रो बजारको मूल्य भने निरासाजनक छ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया