Nepal Life

समता घरेलु लघुवित्तको लाभांश घोषणा, ५ प्रतिशत बोनस शेयर दिने

NMB Bank
  • BFIS News
  • 2025 Dec 14 13:39
समता घरेलु लघुवित्तको लाभांश घोषणा, ५ प्रतिशत बोनस शेयर दिने
United Ajod

काठमाडौं। समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Shikhar
Nepal Life
NIMB

लघुवित्तले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशत बोनस शेयर तथा सोको कर प्रयोजनका लागि ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो।

मंसिर २७ गते बसेको लघुवित्तको सञ्चालक समितिको बैठकले उक्त दरमा लाभांश वितरण गर्ने प्रस्ताव स्वीकृत गरेको जनाएको छ।

नेपाल राष्ट्र बैंकबाट आवश्यक स्वीकृति प्राप्त भई आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र सो लाभांश शेयरधनीलाई वितरण गरिनेछ।

शेयर गर्नुहोस

प्रतिक्रिया दिनुहोस्

प्रतिक्रिया